मसाल निकट राष्ट्रिय जनजाति सभाकाे दाेश्राे बैठक र जनजाती सम्मेलन सन्धिखर्कमा सम्पन्न ! संघियता सफल हुनु भनेकाे राष्ट्रियता मेटिनु: चित्र बहादुर केसी

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  पुर्ब उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघियता सफल हुनु भनेको राष्ट्रयिता मेटीनु भएको बताउनु भएको छ ।
सार्वभौम संसदमा एक मिनेट पनि छलफल नगरी नेपालमा जबर्जस्ती रुपमा ल्याइएको संघियताले देशको अस्तित्व नै समाप्त हुने भन्दै नेता केसीले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नका लागि विस्तारवादको डिजाईनमा नेपालमा संघियता भित्राइएको बताउनु भयो ।
अखिल नेपाल जनजाती सम्मेलन, राष्ट्रीय जनजाती सभाको दोस्रो राष्ट्रीय परीषद बैठकलाई अर्घाखाँचीको सन्धिखर्कमा आज उद्घाटन गर्दे नेता केसीले यस्तो बताउनु भएको हो ।
सम्बोधनका क्रममा अध्यक्ष केसीले ओली नेतृत्वको सरकारमा सहभागी भए पनि आफूहरुले संघीयताको विरोध गर्न नछाडेको दृष्टान्त समेत प्रस्तुत गर्नु भएको थियो । नेपाली जनताले अन्तत संघीयतालाई खारेज गरेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्नेमा आफू विश्वस्त रहेको समेत अध्यक्ष केसीले सम्बोधनका क्रममा बताउनु भएको थियो ।
त्यस्तै अध्यक्ष केसीले दुई कम्युनिष्ट पार्टीको एकतालाई आफ्नो पार्टीले स्वागत गरेको भन्दै एकता टिकाउहुनेमा भने संका रहेको बताउनु भएको थियो ।
कार्यक्रममा राजमो ५ नम्बर प्रदेश सदस्य शेर बहादुर बिसी, यमलाल पोख्रेल,कृष्ण केसी,मल्लरानी गाउपालीका प्रमुख अम्मरध्वज राना, अखिल नेपाल युबक संघका अध्यक्ष अनिल किसोर घिमिरे, शिक्षक नेता हरी प्रसाद भुसाल, नेकपा मसाल बाग्लुङ्गका प्रबक्ता मेगबहादुर पाईजा,स्याङ्गजाका प्रबक्ता हुमबहादुर राना, थम्मन केसी, अन्टुकका नेता गोबिन्द बिसी पत्रकार हिम जिसी लेकाली ,श्याम घिमिरे अनेमसंघकी कल्पना पोख्रेल,अखिल छैठौका देबेन्द्र कुवर,राजेन्द्र नेपाली,पशुपति ढकाल,चुरामणी भुसाल ,पिताम्बर भट्टराई लगायतले बैठक सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकीको अध्यक्षता,उषा पुनको स्वागत मनतब्य र राम बहादुर बुढाको सन्चालनमा सम्पन्न भएको हो । बैठक तिन दिन सम्म चल्ने आयोजकले जनाएको छ ।