अर्घाखाँचीडट्कम संवाददाता
चन्ढिगड (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड न.३ की ब्लड क्यान्सर पीडित बालिकालाई उपचारको लागि आर्थिक अभाव भएको छ ।
शितागंगाका सचिन बोहोराकी ब्लड क्यान्सर पीडित ३ वर्षिया छोरी समिरा बोहरालाई उपचारको लागि आर्थिक अभाव भएको हो ।
परिवारको आर्थिक स्थित निकै कमजोर भएकोले बालिका बचाई दिन सक्दो सहयोग गरिदिन देश तथा बिदेशका नेपालीहरुलाई बुबा सचिन बोहरा गरेका छन् ।
विरामी बालिकाको अहिले भारतको चन्ढिगड स्थित PGI HOSPITAL मा उपचार भईरहे पनि थप उपचारका लागि आर्थिक समस्या परेको छ । परिवारसँग पैसा छैन् ।
बालिकालाई कसैले सहयोग गर्न चाहेमा बुबा सचिन बोहराको मोबाईल न:९८४७३१४६५१ मा सम्पर्क गर्न सकिने छ । यस्तै Account number 338000001301 राष्ट्रिय बाणिज्य बैक सचिन मोबाईल सेन्टरमा पैसा जम्म गर्न सकिनेछ ।