सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सीसँग राजनीतिक अबस्थाकाे बारेमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न (भिडियो)


बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला समिति अर्घाखाँचीले राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर के.सी.संग बिशेष समसामयिक राजनीतिक अबस्थाकाे बारेमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
आज पत्रकार सम्मेलनको क्रममा प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीले पुर्ब उपप्रधानमन्त्री रास्ट्रीय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीलाई खादा ओडाएर सम्मान गरेको थियो ।
त्यस्तै अखिल नेपाल युवक संघका हालै राष्ट्रिय सम्मेलनबाट चुनिनु भएका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेलाई पनि खादा ओढाएर स्वागत गरेको छ ।
कार्यक्रमको अध्यक्षता बिनोद गैरे स्वागत मन्तब्य गोपाल भट्टराई सन्चालन सचिब जितेन्द्र खत्रीले गरेका थिए ।
पत्रकारहरुको जिज्ञासा्मा केसी को भनाई थियो मुलुकले धान्न नसक्ने संघीयता नेपालमा जबर्जस्ती थोपार्दिएको हो नेपाली जनताले जबसम्म यो संघीयता खारेज गर्दैनन् यहि संघीयताले यो देश नै खारेज गर्ने छ  भनी उल्लेख गरेका थिए ।