अर्घाखाँचीमा पहिलो पटक बजाज एभेन्जर १८० सिसी मोटरसाइकल बिक्री शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बस्याल ब्रोदर्स अटो लिक प्रालि ले बजाज कम्पनीको १८० सिसी एभेन्जर मोटरसाइकल सन्धिखर्कमा लन्चिङ गरेको छ ।
आज सोमबार एक कार्यक्रमको आयोजना गरी  अटोलिकका सन्चालक निराजन बस्यालले उक्त मोटरसाइकल लन्चिङ गरेको कम्पनीको पत्र बाचन गरेर घोषणा गरेका हुन । यो एभेन्जर मोटरसाइकल बजारमा पहिलोपटक अाएको हो । 
नेपालमा बजाजका बाइकहरू निकै चर्चित छन्। युवादेखि पाको उमेर समूहका लागि बजाजले धेरै मोडलका बाइक बजारमा ल्याएको छ।
विशेषतः नेपालमा बजाज पल्सर, एभेन्जर लगायतका मोडेल लोकप्रिय मानिन्छ। लोकप्रियता घट्न नदिन बजाजले विभिन्न मोडल भित्र्याइरहेको छ। नेपाली बजारमा बजाज सर्वाधिक बिक्रि हुने र यसले ४५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ।   
बजाजले महंगोदेखि सस्तोसम्म, विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको कम्पनीको दाबी छ।   

यस्तो छ बजाजको विभिन्न मोडलका मूल्य

मोडल भर्सन मूल्य
डोमिनर ४०० ४ लाख ६९ हजार ९ सय
पल्सर २०० आरएस ३ लाख ९९ हजार ९ सय
पल्सर २०० एएस २ लाख ८६ हजार ९ सय
पल्सर २०० एनएस २ लाख ९२ हजार ९ सय
पल्सर २२० एफ २ लाख ८९ हजार ९ सय
पल्सर १५० एएस २ लाख ५१ हजार ९ सय
पल्सर १८० २ लाख ५१ हजार ९ सय
पल्सर एन.एस–१६० २ लाख ५९ हजार ९ सय
पल्सर १५० २ लाख ३९ हजार ९ सय
भि१५ १५० २ लाख ११ हजार ९ सय
एभेन्जर २२० क्रुज ३ लाख ४ हजार ९ सय
एभेन्जर २२० स्ट्रिट २ लाख ९२ हजार ९ सय
एभेन्जर १५० स्ट्रिट २ लाख ५८ हजार ९ सय
डिस्कभर १२५ डिस्क १ लाख ८४ हजार ९ सय
डिस्कभर १२५ ड्रम १ लाख  ७६ हजार ९ सय
डिस्कभर डिस्क १२५ एफ १ लाख ९९ हजार ९ सय
डिस्कभर डिस्क १५० एस २ लाख १ हजार ९ सय
प्लाटिना इएस १०० सिसि १ लाख ५३ हजार ९ सय