नयाँ मिडिया प्रांलीद्धारा छैँठौँमा वर्षमा प्रवेश गरेको अवसरमा सन्धिखर्कमा सुस्त मनस्थितिलाई झुल बितरण, पत्रकार पन्थी सम्मान

माधव वेल्वासे
सन्धिखर्क, अर्घाखाँची जेष्ठ १३ । नयाँ मिडिया प्रांलीद्धारा संचालित नयाँ एफ एम ८७.६ मेगाहर्जले आज पाँचौ वर्ष पार गरी छैँठौँ वर्षमा प्रवेस गरेको छ । 
पाँचौ वार्षिकोत्सवको अवसरमा अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति केन्द्रका विद्याथहिरुलाई झुल बितरण गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयमा रहेका विद्यार्थिहरुको लागि झुल वितरण गरिएको हो ।
२०७० जेठ १३ गतेबाट प्रशारण शुरु गरेको नयाँ एफ एमले हरेक वर्ष स्थापना दिवस मनाउने गरेको छ । त्यस्तै स्थापना दिवसको अवसरमा रेडियोले उत्कृष्ठ पत्रकारिता पुरस्कार समेत प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका पाँच
प्रदेश सदस्य शोभाखर पन्थीलाइ नगद पुरस्कार सहित उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । कार्यक्रम सन्धिखर्क नगरपालीकाका उप प्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यता , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , निमिक्त प्रहरी प्रमुख प्रदिप कुमार डिसी , रामवाण गुल्मका गुल्मपति अनिल केसी , नेपाल प्रत्रकार महासंघका जिल्ला अध्यक्ष हिम ब जिसी लेकाली ,सीआजी अध्यक्ष मुक्तिनाथ भुसाल , नेपाल पत्रकार महासंघ ५ नं. प्रदेस सदस्य प्रेमनारायण आचार्य , जिल्लामा रहेका सम्पूर्ण रेडियोका प्रमुख , जिल्लामा रहेका संचारकर्मि , निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयकी प्रअ कमला भुसाल लगायतको आतिथ्यता रहेको थियो  ।
कार्यक्रममा बोल्दै सनपा उप प्रमुख ठाकुर कु विकले नयाँ एफएमले गरेको यो कार्य एकदमै प्रशंसा योग्य रहेको भन्दैे शुकामना ब्यक्त गरेका थिए । उनले संचार माध्यम , संचार कर्मि तथा पत्रकारले सत्य र निस्पक्ष रुपमा रहेर पत्रकारीता गर्नु पर्ने बताए । उनले बन्दुकको गोली भन्दा पत्रकारको एक शब्द शक्तिशाली र महान हुने बताए ।
त्यस्तै विद्यालयकी प्रअ कमला भुसालले विद्यार्थीहरुलाई झुल वितरण गरेर रेडियोले पुण्य र सरहानीय काम गरेका भन्दै यस्तो सहयोग सबैले गरे यि अनाथ र फरक क्षेमता भएका बालबालिकाको भविष्य उज्वल बन्नेमा दुइमत नरहेको र अभिभावक बिहीनताको महसुस गर्नु नपर्ने बताइन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल समाजिक उत्तर दायित्व बहन गरेकोमा रेडियोलाई धन्यवाद दिएका थिए । त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीले संचारको क्षेत्रमा नयाँ एफएम ले अत्यन्तै महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै निरन्तरताको निम्ती सुभकामना दिएका थिए ।
नेपाल पत्रकार महासंघ ५ नं प्रदेस सदस्य शोभाखर पन्थीले अर्घाखाँचीको संचार जगतमा छुट्टै र विशेष भूमीका रहेको बताउँदै अझ गुणस्तरीय प्रसारणका निम्ती आग्रह गरेका थिए । कार्यक्रम रेडियोका स्टेसन म्यानेजर हरी प्रसाद भुसाल , सहायक स्टेसन म्यानेजर माधव बेल्वासेको स्वागत तथा विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
आम श्रोताको रेडियो मन जित्न सफल यो रेडियो हाल दैनिक १८ घण्टा प्रसारण हुन्छ । यो जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १ पटुवाथुममा रहेको छ ।