सुर्य भुसाल
सल्लिकोट, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १२ मा रहेको ज्ञान प्रकाश माबी सल्लिकोटले सोमवार आफ्नो बिद्यालय स्थापनाको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सव समारोह जिल्ल समन्वय समितिका अध्यक्ष पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल , उप प्रमुख ठाकुर कुमार बिक “किशोर” , शिक्षा बिकास तथा समन्वय एकाईका शाखा अधिकृत चोपलाल बेल्वासे , श्रोत ब्यक्ती युवराज भुसाल , वडा न १२ का वडा अध्यक्ष नारायण खड्का , वडा सचिव रमेश बस्याल वड सदस्यहरु , नेपाली काङ्ग्रेस क्षेत्र न १ का सभापती केशवराज कुवर , गाउँ कमिटीका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , अक्षकोस दाताहरु , पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु , अबकास प्राप्त पुर्व शिक्षकहरु , छिमेकी बिद्यालयका प्र अ तथा प्रतिनिधिक , एवं पत्रकारहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पिताम्बर शर्मा भुसालले सामुदायिक बिद्यालय पनि निजी बिद्यालय सरह सफल , उदाहरणीय र नमुना बनाउन सकिन्छ कुरा आज ज्ञान प्रकाशले प्रष्ट पारेको बताए । उनले जिल्लामा नमुना बिद्यालयको रुपमा उभ्याएको र आगामी दिनमा अझ देशकै एक अग्रणी शैक्षिक धरोहरको रुपमा स्थापित हुन सफल होस् भनी शुभकामना ब्यक्त गरे ।
त्यस्तै नगर प्रमुख भुसालले पालिकाबाट हुने सक्दो सहयोग बिद्यालयलाई गरेको र भबिस्यमा पनि बिद्यालयको आवस्यकतालाई मध्यनजरमा राखी जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
उता उपप्रमुख बिकले बिद्यालयको प्रगतीको कामना गर्दै थप सफलताको कामना गरे ।
त्यस्तै शिक्षा बिकास तथा समन्वय एकाईका शाखा अधिकृत बेल्वासेले समन्वय एकाईबाट प्रदान हुने विभिन्न शिर्षकका कार्यक्रममा छनौट भैइ जिल्लामा राम्रो छाप राख्न सफल भएकोमा बधाई दिदै प्राप्त आईसिटी जस्ता कार्यक्रमहरु लक्षित बालबालिकाको सिकाई उपलब्धिमा महत्त्वपूर्ण हुने हदा त्यस्ता कार्यक्रमहरु संचालन र कार्यान्वयन हुन पर्नेमा जोड दिए । त्यस्ता कार्यक्रम संचालन भए नभएको एकाईबाट अनुगमन हुने समेत बताए ।
समारोहमा पुर्व ८ जना सेवा निवृत्त शिक्षक शिक्षिकाहरुलाई बिदाई तथा सम्मान गरिएको छ ।
सम्मानित शिक्षक राम ब बस्याल , शोवाकर कुवर , लिलाधर बस्याल , शिक्षिका जानका बस्याल , ज्योत्सना भुसाल , सीता बन्जाडे र मिना आचार्यलाई बिद्यालय रहि गरेको सेवाको उच्च मुल्यांकन गर्दै दोसल्ला , र संमानपत्रले बिदाई तथा सम्मान गरिएको हो । कार्यक्रममा अवकाश प्राप्त शिक्षक लिलाधर बस्याले आफुलाई सम्मान गरेकोमा बिद्यालयलाई धन्यवाद दिए , साथै उनले बिद्यालयको लागि सहयोग स्वरुप नगद रु बीस हजार रुपैयाँ प्र अ सुर्य बहादुर खनाललाई हस्तान्तरण गरे ।
कार्यक्रममा प्र अ खनाले बिद्यालयको शैक्षिक तथा भौतिक प्रतिबेदन पेस गरे भने बिद्यालय प्रतिबेदन शिक्षिक दिपक खनालले पेश गरेका थिए ।
कार्यक्रमको बिच बिचमा बिद्यार्थीद्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । साथै आर्थिक वर्ष २०७३ -०७४ मा कक्षा १ देखि १० कक्षा सम्म प्रथम द्दितीय , तृतीय स्थान प्राप्त तथा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरीयो । वर्ष शिक्षिकबाट शिक्षिक दुर्गा प्रसाद बस्याल सम्मानित भए भने बिद्यालय सहयोगी ज्ञानहरी बस्याललाई संमान गरिएको थियो । समारोह बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष कासिराम बस्यालको अध्यक्षता , शिक्षिक दुर्गा बस्यालको स्वागत मन्तव्य एवं शिक्षिक दिलामणी बेल्वासे र उत्तम भट्टराईको संचालनमा सम्पन्नफ भएको थियो । बिद्यालय २०१६ सालमा स्थापना भएको हो । गत वर्षदेखि बिद्यालयले कक्षा ११ /१२ संचालन गर्दै आएको छ।