गणतन्त्र दिवसको अवसरमा सन्धिखर्क आटिकपाटामा रहेका ४ जना कैदीलाई रिहा

Image result for अर्घाखाँची जिल्ला कारागार
अर्घाखाँची जिल्ला कारागार सन्धिखर्क आटिकपाटा । 
अर्घाखाँचीडट्कम संवाददाता
आटिकपाटा, अर्घाखाँची । एघारौ गणतन्त्र दिवसको अवसरमा अर्घाखाँची जिल्ला कारागार सन्धिखर्क आटिकपाटामा रहेका ४ जना कैदीलाई रिहा गरिएको छ । 
४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेको कैदीको बाकी सजाय माफी हुने गरि नेपाल सरकारको निर्णय अनुसार गणतन्त्र दिवसको अवसरमा ४ जना कैदी पुरुष कैदी रिहा गरिएको हो । 
रिहा हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय पाएका सन्धिखर्क – ३ छापडाडाँका कुलबहादुर दंगाल, खनदहका लालबहादुर नेपाली, सुवर्णखालका गुनाखर अधिकारी र कपिलवस्तु पत्थरकोटका सुदन खड्का रहेका छन् । रिहा हुने कैदीलाई एक कार्यक्रमबिच आफ्न्तको जिम्मा लगाइएको थियो ।