अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सरकारले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अर्घाखाँची जिल्लाको लागि कुल १ अर्ब ९० करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
जिल्लाका ३ नगरपालिकामा कुल १ अरब ५ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै ३ वटा गाउँपालिकामा ८४ करोड ९६ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिकाका लागि २९ करोड ४६ लाख बजेट छुटयाइएको छ । यस नगरपालिकाले १० करोड ६२ लाख वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ १८ करोड ८४ लाख बजेट दिइएको छ ।
जिल्लामा सबैभन्दा बढी शितागंगा नगरपालिकाका लागि ३८ करोड २० लाख बजेट छुटयाइएको छ । यस नगरपालिकाले १३ करोड ४५ लाख वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ २४ करोड ७५ लाख बजेट दिइएको छ ।
साथै सन्धिखर्क नगरपालिकाका लागि ३७ करोड ५८ लाख बजेट छुटयाइएको छ । यस नगरपालिकाले ११ करोड ६८ लाख वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ २५ करोड ७२ लाख बजेट दिइएको छ ।
उता जिल्लाका तीन गाउँपालिका तिर सबैभन्दा बढी पाणिनी गाउँपालिकाका लागि ३१ करोड ४२ लाख बजेट छुटयाइएको छ । यस पालिकाले ९ करोड ४३ लाख वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ २१ करोड ९९ लाख बजेट दिइएको छ ।
त्यस्तै छत्रदेव गाउँपालिकाका लागि २५ करोड ५३ लाख बजेट छुटयाइएको छ । यस पालिकाले ८ करोड ७४ लाख वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ १६ करोड ७९ लाख बजेट दिइएको छ ।
साथै मालारानी गाउँपालिकाका लागि २८ करोड १ लाख बजेट छुटयाइएको छ । यस पालिकाले ९ करोड ६८ लाख वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ १८ करोड ३३ लाख बजेट दिइएको छ ।
उता प्रदेश ५ लाई १६ अर्ब ५४ करोड बजेट दिइएको छ । जसमा वित्तीय समानीकरणको हिस्सा ६ अर्ब ८६ करोड र सशर्त अनुदानको ९ अर्ब ६७ करोड रुपैयाँ छ ।
@अर्घाखाँचीडट्कममा प्रकासित समाचार बिना अनुमती पुन: प्रकाशन गर्न मनाही छ ।