गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची जेष्ठ १७ (अर्घाखाँचीडट्कम)। समयमै काम नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेको जिल्ला प्रशासन कार्यालयल अर्घाखाँचीले सो क्रमलाई तिव्रता पारेको छ ।
जिल्लाका केहि योजनामा काम नभएको उजुरी परेपछि विहीवार अर्घा र बल्कोट साईटमा अनुगमन गरि काम पुन : गर्न ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्देशन दिनुभएको छ ।
काम नगरी रकम फस्यौट गर्ने कर्मचारीलाई कार्वाही गर्ने र ठेकेदारको लाईसन्स समेत बदर गर्न सक्ने भन्दै प्रजिअ भुसालले चेतावनी दिनुभएको छ ।
नियम अनुसार काम नगर्ने व्यवसायीलाई प्रक्राउ गरि कार्वाही अगाडी बढाउने प्रहरी प्रमुख प्रदिप कुमार डिसीले बताउनुभयो । अर्घा साईडमा सन्तोष जनक काम नभएकाले पुन काम गर्न निर्देशन दिएको प्राविधिक कार्यालयका प्रमुख नविन श्रेष्ठले बताउनुभयो ।