राजु खडका
सन्धिखर्क, अर्घाखाँची जेठ १९, २०७५ । अर्घाखाँची जिल्लामा पछील्लो समय लोकप्रिय बन्दै गएको मदरल्यान्ड ईङलिस बोडिङ स्कुलले हिजो आफ्नो ११ औ वार्षिक उत्सब र पुरस्कार बितरण कार्यक्रम धुमधाम सँग मनाएको छ।
Achievement through learning भन्ने मुल मन्त्रका साथ जिल्ला मा नयाँ आयम थप्दै शिक्षालाई अझ प्रभाबकारी बनाउन को लागि बिभिन्न अतिरिक्त कार्यक्रम र योजनाहरु सहित सन्चालनमा आएको मदरल्यान्ड बोर्डिङले सफलता का आफ्नो ११ बर्ष पुरा गरेको छ।
पाईमरी लेभलमा ९९ प्रतिशत र सेकेन्डरी लेभलमा ९६ प्रतिशत सम्म हासिल गरेका बिद्यार्थीहरु लाई उनिहरुको अभिभाबक जस्तै गरी उनिहरुको चाहना अनुसारका अतिरिक्त कृयाकलापमा समेत चासो देखाई उच्च प्राथमिकतामा राखेर अघी बढेको सो बोर्डिका प्रिन्सिपल सागर बिक्रम पाडे ले जानकारी दिनु भएको थियो।
प्रमुख अतिथीको रुपमा उपस्थित हुनु भएका जिल्ला शिक्षा अधिकृत लील बहादुर राउतले शिक्षालाई अझ प्रभाबकारी बनाउदै लैजानको लागि बोर्डिङ ब्यबस्थापना र शिक्षक शिक्षिकालाई समेत आग्रह गर्नुभएको थियो।
कक्षा ८ मा जिल्ला भरीका बिद्यार्थीहरु मध्य नबिना खडकाका बुवा कर्ण खडकाले तेस्रो नम्बरमा आफ्नो छोरीलाई चिनाउन मदरल्यान्डका गुरुहरुले खेलेको महत्वपूर्ण भूमिकामा हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो।
शिक्षा उतिर्ण हुनेको लागि मात्र नभई समाज र राष्ट्रमा अनुसाशित र मर्यादित राख्नको लागि पनि हो भन्ने जनमासको बिचारलाई उच्च कदर गर्दै हरेक कक्षा बाट उतकृस्ट नम्बर लिएर उतिर्ण बिद्यार्थीहरुलाई हौशला र मनोबल बढाउने हिसाबले पुरस्कार बितरण गरेको बोर्डिङ संचालक समितीका अध्यक्षले आफ्नो बिचार राख्नु भएको थियो।
बोडिङमा अतिरिक्त समयमा दिईने गीत संगीतका तालिमहरु बाट उनिहरुको प्रतिभालाई मध्यनजर गर्दै उक्त वार्षिक उत्सब र पुरस्कार बितरण कार्यक्रममा समसामुहिक बिषयलाई सम्बोधन गर्दै बिभिन्न खाले निर्त्यहरु पनि प्रस्तुत गरिएको थियो।
बिद्यार्थी, अभिभाबक, सरोकारवालाहरु, शिक्षा सस्थाका पदाधिकारी, स्कुल, बोर्डिङ तथा क्याम्पसका शिक्षकहरुको उपस्थितीमा सन्धिखर्कको सभाहलमा आयोजना भएको सो कार्यक्रम भोजराज पोख्रेलले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा बिधालय सन्चालन समितीका अध्यक्ष बाबुराम भुसालको सभापतित्वमा सम्पन्न भएको थियो।