गाई मारेको अभियोगमा धारापानीका खत्रीलाई १२ वर्षको कैद सजाय

Image result for कारागार अर्घाखाँची
अर्घाखाँची जिल्ला कारागार सन्धिखर्क आटिकपाटा । फाइल तस्बिर 

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भूमिकास्थान नगरपालिका वडा नम्बर–२, धारापानीमा गाईको हत्या गर्ने  एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ । 
भाटेपोखरा निवासी यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो । स्थानिय छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका अभियोगमा ज्ञद्द वर्ष कैद सुनाइएको हो । 
खत्री १२ बर्षको जेल सजायको निम्ति कारागार चलान भएका छन।
 
मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम खत्रीलाई कारबाही गरिएको हो । खत्रीलाई अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानाकारी दिनुभयो ।