सन्धिखर्कको शान्तीबगैँचाका सटर भाडा मंहगो, व्यापार ओरालो
जेष्ठ २० गते, २०७५ मा प्रकाशित
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित शान्तीबगैँचाका तरकारी पसल व्यापारीहरुले महँगो भाडा तिरेपनि राम्रो व्यापार हुन नसकेको गुनासो गरेका छन् ।
सन्धिखर्कमा बसोबास गरेका अधिकांश मानिसले तरकारी किन्ने स्थान हो, शान्तीबगैँचाका तरकारी पसल । हजारौ जनसंख्या रहेको सन्धिखर्कमा ठुलाठुला होटल देखी घर भाडामा बस्ने धेरैजसोले तरकारी किन्छन यहाँ ।
सन्धिखर्क नगरपालिकाका सटरहरु अर्घाखाँची जिल्लाको मुटु शान्तीबँगैचामा तरकारी मंहगो छ । सन्धिखर्क नगरपालिकाले टेण्डर खुलाई सटरहरु भाडामा लगाएको छ । यहाँ ६ वटा सटर मध्ये एक सटरको २६ हजार पाचँ सय देखी ३१ हजार पाचँ सय सम्मका सटरहरु छन ।
सन्धिखर्क नगरपालिकालाई मार्सिक ३१ हजार रुपैया बुझाए पनि यि सटरको अवस्था दाँयनिय छ । वर्षाको समयमा पानी चुने गर्दछ तर नगरपालिकाले मर्मत नगरेको व्यापारीको गुनासो छ ।
नगरपालिकाका सटरहरु भन्दा कयौ सटरहरु सस्ता छन, ति नगरपालिकाका सटर भन्दा विपरित साईडका व्यक्तीगत घरमा ।
जिल्लाका ६ स्थानिय तह जसको एक स्थानिय तह सदरमुकाम समेत रहेको सन्धिखर्क नगरपालिका । स्थानिय तहको निर्वाचन सदरमुकाममै बस्दै आएका सचिवहरु गाउँका वार्ड कार्यालयमा तथा सरकारी कार्यालयका कर्मचारीहरु पनि गाउँमै गएका छन् । सन्धिखर्कको चहलपहल घट्दो छ, बालबालीका पढाउँनका लागी सहरमा आउँने देखी क्याम्पस पढ्ने विद्यार्थीहरुले तरकारी किन्छन, यहाँ । मासिक २६ हजार पाँच सय भाडा तिरेका एक व्यापारीले भने, भाडा अत्यधिक मंहगो छ, व्यापार कम हुदैँ गएको छ, भाडा नगरपालिकालाई अग्रीम भुक्तानी गर्नुपर्छ उनले भने । प्रती किलो २० देखि ६०, ८० रुपैया नाफा निकालेर २०, ३० हजार रुपैया भाडा तिर्न समस्या भएको बताए ।
धरौटी एक महिनाको जम्मा भएको छ, ५,६ वर्ष पहिला १० हजार भाडा थियो, नगरपालिकाले अहिले महँगो बनाएको छ, अहिले भाडा तिर्न गाहृो भएको छ यहाँका व्यापारीको गुनासो छ ।
यहाँका ६ सटरहरुको मंहगो भाडा अधिकांश सदरमुकाम बासी तरकारी किन्न यहाँ नै आउँछन, नगरपालिकाको भन्दा धेरै सस्तो भाडामा पनी तरकारी, फलफुल गर्ने व्यापारी पनी छन, तर यहाँको मुल्यमा नै त्यहाँ पनी पाईन्छ । ३० हजार भाडा भएको तरकारी व्यापारी र १० तथा ४-५ हजार भाडा भएको तरकारी व्यापारीको मुल्य एउटै हुदाँ अन्य ठाउँमा तरकारी किन्न जान पनी विकल्प छैन, एक ठाउँका कारण जताजतै मंहगो छ, एक ग्राहकले भने ।
मंहगो भाडा भएका व्यापारीहरु भन्छन भाडा धेरै नै भयो सल्लाह गरेर नगरपालिकाले घटाउँनु पर्छ, मंहगो भाडा तिर्ने यहाँका व्यापारीले भने । व्यापारीहरुले ३० हजार भाडा तिरेर केही कमाउँने उद्देश्य हुन्छ सवैको । मंहगो भाडाका कारण पनी सन्धिखर्कमा तरकारी मंहगो छ ।