सन्धिखर्कको शान्ती बगैचालाई आधुनिकीकरण (फोटो फिचर)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको शान्ती बगैचालाई आधुनिकीकरण गरिने भएको छ ।
बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीय स्थलको रुपमा  विकास गर्ने कार्यको थालनी गरिएको हो ।
सन्धिखर्क नगरपालिकाले ३५ लाख बजेटमा आधुनिकीकरण हुँदै गरेको शान्ती बगैचाको कार्य धामाधम चलेको छ । साथै यहाँका आपका हागा काटेर ६५ हजार रुपैयामा बिक्री समेत गरिएको छ ।   
यस अगाडि अभियन्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको पहलमा लदाम बगैचा आधुनिकीकरण गरिएको थियो ।  
 यस बगैचा  बच्चाहरु खेल्न लगायत  सुन्दर, मनोरम बनाउने योजना रहेको सन्धिखर्क वार्ड नम्बर १ का अदक्ष्य युवाराज बन्जाडेले अर्घाखाँचीडट्कमलाई बताए । यहाँ बेन्चहरु, दुवो, विभिन्न जातका फुलहरु, सिसि क्यामेरा लगायतका पूर्वाधार निर्माण गरिने छ ।