छत्रदेवमा आफ्नो अनुकुलमा बाटो नगएपछी वडाध्यक्षलाई आरोप

अर्घाखाँची डट्कम संवाददाता,

छत्रदेब गाउपालिका वडा नं ७ का स्थानीयको श्रमदान र गाउपालिको आर्थिक सहयोगमा बसपाटा चौडिल्ला बहाटारेदेखि सेनमिचौरसम्मको मोटरबाटो बनाउने काम सुरु भएको छ । स्थानीयहरुसंगको छलफल गरी सबै पक्षलाई सहज हुने तरिकाबाट बाटो निर्माण तिव्ररुपमा बाटो बनाउने कार्य चलिरहेको छ ।

गत कार्तिक १३ गते बसेको गाउ परिषदको निर्णय अनुसार उक्त बाटो खन्ने काम भइरहेको हो । गाउपालिकाको वडा न ७ ढिकुरा दिप चौडिल भन्ने स्थानमा खनिदै छ । स्थानीयले खुशी भएर आफनो जग्गामा परेपनि बाटो खन्न दिने सहमती भएपछि त्यस रुटमा बाटो सर्वे गरी डोजर लगाउन सुरु गरिएको भएपनि अहिले केही व्यक्तिहरुको इसारामा बाटो नबने पछि केही पक्ष असन्तुष्ट बनेका छन ।

आफनो पक्षमा बाटो निर्माण नगरी पुरानो सर्वेलाई नै आधारमानी बाटो निर्माण गरिरहेका वडाध्यक्ष शोभाखर पाण्डेलाई विभिन्न आरोप समेत लगाइएको छ । बाटोको रुट चित्त नबुझेपछि केही ब्यक्तिहरुले बाटोले कटान गरिएका जग्गा धनीलाइ उचाल्ने काम भइरहेको र वडाध्यक्षलाई विभिन्न आरोप लगाउने काम भइरहेको स्थानीयहरु बताउछन । आफनो गाउको विकास सबैले मिलेर गर्नु पर्नेमा सुरु गरिएको विकासको योजनालाई पनि विभिन्न बहाना गरेर रोक्ने काम भइरहेको स्थानीयको भनाइ छ ।

गाउपरिषदको निर्णय अनुसार उक्त बाटो अहिले जुन स्थानबाट गएको हो त्यही स्थानमा सर्वे भएको थियो । आफनो ब्यक्तिगत स्वार्थका लागि उक्त बाटो दायाबाया न मोडि सहमति अनुसार कार्य चलिरहेको वडाअध्यक्ष सोभाखर पाण्डेले बताए । उक्त बाटो निर्माणका लागि एक लाख ४५ हजार लाग्ने अनुमान गरी गाउपालिकाबाट एक लाख ३० हजार र बाँकी १५ हजार स्थानीय जनश्रमदान गरी बाटो निर्माण गर्ने गरी गाउपालिकाबाट आदेश जारी दिएको थियो ।