सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले राज्यले लिने हरेक प्रकारका करको दायरामा जोकोही पनि अाउनु पर्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाले अायोजना गरेको एकिकृत सम्पति कर सम्बन्धि अनुशिक्षण कार्यक्रमको जिसस सभाहलमा उदघाटन गर्दै भुसालले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले हराभरा नगरपालिका भष्टचार मुक्त नगरपालिका बनाउने महान योजनामा लागेको बताउदै अब सबै खालका नियम कानुन स्थानिय सरकारले जनतालाई भार नपर्ने गरि बनाउन लागेको बताउनु भएको हो । उहाले बिकास निर्माणमा हुने अनियमितता ढिला सुस्ति रोक्नका लागि अाफुहरुले अनुगमनलाई तिब्र पारेको बताउदै सकरातत्मक सहयोगको अाफुले अपेक्षा गरेको बताउनु भयो ।
भुसालले नगरपालिका भित्रका योजनाहरु तुरुस्त दुरुस्त नभएको खन्डमा त्यसको जिम्मेवारी अाम उपभोक्ताहरुलाई हुने बताउदै कृर्षिको क्रान्तिबाट अार्थिक क्रान्ति अगाडि बढाउने बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले एकिकृत सम्पति कर लागु भएपछि सबैको हित हुने बताउनु भयो । उहाले अहिलेको अाधुनिक जमनामा रसिद काट्ने जमाना गएको बताउदै सबै वार्डहरुमा नेटवर्किङ सिस्टमबाट काम सुचारु गर्न लागिएको बताउनु भयो । बिकले नगरपालिका भित्र निकै ठुलठुला बिकासका कामहरु भएको बताउदै सम्बृर्द नगर हाम्रो नगर भन्ने मुल सिद्धान्त लिएर अगाडि बढेको बताउदै कम्प्युटरको माध्यमबाट एकिकृत कर लगाउन सुरु गरिएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अनियमितता गर्ने जो कसैलाई पनि नछाड्ने बताउदै नितिसगत रुपमा बिकासमा लाग्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली, शाखा अधिकृत गोबिन्द केसी लगायततले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका १२ वार्डका अध्यक्षहरु कार्यपालिकाका सदस्यहरु वार्ड सदस्यहरुको उपस्थिति रहेको छ । नगरपालिकाले श्रावण १ गतेबाट सम्पत्ति कर लागु गर्नेछ।