सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ ।
उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । सन्धिखर्कमा भएको नेतृत्व बिकास सम्बन्धि कार्यक्रमको उदघाटन गर्दै उहाले तालिममा सिकेका कुराहरुलाई ब्यावहाँरमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले तालिममा सिकेका कुरा ब्यावहाँरमा उतारे मात्र त्यसको उपलब्धि हुने बताउनु भयो ।
कार्यक्रममा ईन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले तालिम निकै फलदायी हुने र सिकेका कुराहरु गाउँमा लगेर ब्यभारमा उतार्न अाग्रह गर्नु भयो । तालिममा झन्डै १०० जनाको सहभागीता छ ।