नरपानीमा सातदिने अगरबत्ति तालिम समापन

सुर्य भुसाल / प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरेसम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पशुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु व्यबहारमा उतार्न अाग्रह गर्नु भएको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ ले नरपानीमा गरेको सातदिने अगरबत्ति तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले सम्पन्न-हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानी रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु  पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो । 
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो।  
कार्यक्रममा वार्ड अध्यक्ष कृष्ण प्रसाद आचार्यले अाफुहरुले गरिरहेका बिकास निर्माणका कामहरुका बारेमा जानकारी गराउदै नगरको स्पिड अनुसार अाफुहरुले काम गरिरहेकाले सहयोग गर्न सबैलाई अाग्रह गर्नु भयो । कार्यक्रम वार्ड सचिब पुस्पा भुसालको सन्चालनमा सम्पन्न भएको हो ।