बसन्त बन्जाडे
खमारिबास, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीको खमारिबासबासी खानेपानीबाट बन्चित भएका छन् ।
खमारिबासमा सेङ्लेङबाट आउने खानेपानी बन्द हुँदा स्थानियबासीहरु २,३ घन्टाको (साँझ ५ बजे गएर ७:३० बजे) बाटो हिंडेर मैवा रुखमा रहेको पधेरोबाट पानी ल्याउन वाध्य भएका छन् ।
खमारिबासबासी महिनौ दिन देखि खानेपानी आउन बन्द भएदेखि मैवा रुखमा रहेको पधेरोलाई सरसफाई समेत गरेका छन् । करिब १५, १६ बर्षकाे बिचमा नजिकका पानीका मुहानहरु उचित संरक्षण नहुँदा सुकेका छन् ।
नगरपालिका भएपछि बिकास होला, खानेपानी सडक सुविधा होला भनेका यहाँका जनताले कुनै फरक अनुभव गर्न पाएका छैनन् । यतिबेला सेङ्लेङकाे खानेपानी लाइन नुवाकाेट देखि ढिकुरा हुँदै नरपानी जाने सडककाे कामले पाईप लाइन काटिदा सिङो भूमिकास्थान नगरपालिका अन्तरगत वार्ड नम्बर ६,७ खिल्जी, असुरकाेटका जनता ठुलाे खानेपानीको समस्यामा परेका छन् ।
यहाँका जनता समय – समयमा खानेपानीको समस्या भोग्दै आएका छन् । लामो समयसम्म खानेपानीबाट बन्चित हुँदा पनि नगरपालिका तथा सम्बन्धित निकायले वास्था नगरेको भन्दै स्थानियबासीहरुले गुनासो गरेका छन् ।