छत्रदेवमा सोलार बत्ती जोडान पानी पिउन नपाएका जनता आक्रोशित

अर्घाखाँची डट्कम संवाददाता छत्रदेव (अर्घाखाँची डट्कम) जिल्लाको छत्रदेव गाउँपालिकामा सोलारबत्ती जोडिएको छ पालिकाको संवेदनशील स्थान र मठमन्दिरहरुमा सोलार बत्ती जोडिएपनि केहि ठाउँमा भने घरको अघाडी राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

प्रत्येक वडामा ५/५ का दरले राखिएको सोलार बत्ती हरेक संवेदनशील सडकका चोक चोक र मठ्मन्दिरमा हुनुपर्ने जनताहरु बताउछन ।

पालिकामा पानी पिउन नपाएर काकाकुल बनेका छत्रदेववासी विकासको नाममा अन्य ठाउँमा मात्र बढी केन्द्रीत भएपछि स्थानीय जनताहरुमा जनप्रतिनिधिले निरासा बनाउदै गएको र अत्यावश्यक कार्य भन्दा अन्य कार्यमा अघि बढी महत्व दिएको बुझिएको छ ।