सन्धिखर्क नगरपालिकाले आगामी साउन १ गतेदेखि एकिकृत सम्पत्ति कर लागु गर्ने

प्रकासित मिती: जेष्ठ २३, २०७४ 

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आगामी साउन १ गतेदेखी एकिकृत सम्पत्ति कर लागु गर्ने भएको छ ।
संघिय संरचना अनुसार स्थानिय सरकारको जिम्मेवारी पाएको सन्धिखर्क नगरले आर्थिक समृद्धिको लक्ष्यलाई पुरा गर्न आगामी आर्थिक बर्षदेखी एकिकृत सम्पत्ति कर लागु गर्ने भएको हो ।सोही सन्दर्भमा सन्धिखर्क नगरपालिकाले एकिकृत सम्पति कर सम्बन्धि अनुशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ । 
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख पिताम्बर सर्माले समृद्ध मुलुकको निर्माणको निम्ती राज्यले लिने हरेक प्रकारका करको दायरामा सबै आउनु पर्ने बताउनुभएको छ ।सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले हराभरा र भष्टचार मुक्त नगरपालिका बनाउने माहान योजनामा आफुहरु लागेको बताउंदै जनतालाई असान्दर्भिक भार नपर्ने गरि निति बनाउन लागेको जानकारी पनि गराउनुभएको छ । 
यस्तै नगर उप–प्रमुख ठाकुर कुमार बिकले एकिकृत सम्पति कर लागु भएपछि सबै को हित हुने बताउनु भयो ।उहाले बिकास निर्माणमा हुने अनियमितता र ढिला सुस्तिलाई रोक्न आफुहरुले अनुगमनलाई तिब्र पारेको बताउनुभएको छ ।
सन्धिखर्क नगरका प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालि,शाखा अधिकृत गोबिन्द के.सि.,१२ वटै वार्डका वडा अध्यक्ष,वडा सदस्य र नगर कार्यपालिकाका सदस्यहरुको समेत सहभागिता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कुनैपनि काममा वा फांटमा अनियमितता गर्ने जो कसैलाई पनि कानुनले नछाड्ने भन्दै तोकिएकै समयमा काम सक्न आग्रह गर्नु भएको छ ।