प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची उद्योग बाणिज्य संघको सातौं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको अवसरमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
अर्घाखाँची उधोग वाणिज्य संघको आयोजना गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राबिधिक सहयोगमा सन्धिखर्कको कुडुले फाटमा रहेको सन्धिखर्क बोर्डिङ स्कुलको भबनमा अहिले बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न भएको हो ।
शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत आवश्यक उपकरण, प्रबिधी सहित ४० जनाको टिमले बिरामीहरुको निशुल्क जाच गरेका थिए ।