सन्धिखर्कको छापडाँडाका मृगौला पिडितलाई अर्घाखाँची प्रवासी समाज बहराइनद्दारा आर्थिक सहयोग

युवराज केसी  

बहराइन (अर्घाखाँची डट्कम) ।  सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडाका मृगौला पिडितलाई अर्घाखाँची प्रवासी समाज बहराइनले आर्थिक सहयोग गरेको छ । 

प्रवासमा एकजुट हौ समाज का लागि केहि गरौ “भन्ने मुल उदेस्य का साथ स्थापित अर्घाखाँची प्रवासी समाज बहराइनको संयोजकत्वमा तथा शिव थापा,अनमोल राक्से मगरको पहलमा नेपाल कम्युनिस्ट पाटी ने क पा बहराइन सङ्ठनको विशेष सहयोगमा बहराइनमा कार्यरत विभिन्न संघ सस्थाका समाजसेवी सहयोगी दाजुभाइ दिदिबहिनी हरुले मृगौला पीडित प्रेम बहादुर थापा बचाउ अभियानमा पहिलो चरणको आर्थिक सहयोग स्वरुप (१,४३११७१) एक लाख तिर्तालिस हजार एक सय एकहत्तर रुपैयाँ (बहराइन डिनर ५०३.५०० फिल्स ) मृगौला पीडित प्रेम बहादुर थापाको दाजु जीवन कुमार थापाको खातामा उक्त रकम बहराइन देखि शिव थापाको नाम मार्फत पीडितका दाजु जिवन कुमारको खातामा पठाइएको हो ।   

अर्घाखाँची प्रवासि समाज बहराइन परिवार ले हार्दिक धन्यवाद व्यक्त गर्दै मृगौला पीडित प्रेम बहादुर थापा बचाउ अभियानमा सहयोग गर्न चाहनुहुने सहयोगी मनहरु समाजसेवी दाजुभाइ दिदिबहिनी हरुलाइ सक्दो आर्थिक सहयोग गरिदिनुहुन अर्घाखाँची प्रवासी समाज बहराइन अपिल गर्दै मृगौला पीडित प्रेम बहादुर थापा बचाउ अभियानमा सहयोग गर्नुहुने सहयोगी मनहरुको लागि प्रेम बहादुर थापा को दाजु जीवन कुमार थापाको खाता नम्बरमा सहयोग गर्न सक्नुहुनेछ ।

आइएफसि कोड नम्बर युटिआइबि ०००१८८७ खाता नम्बर ( ९१२०१००६७७०६५७१) एक्सिस बैंक फोन नम्बर जिवन थापा +९१-९९००३२६६४९ र बहराइन को लागि शिव थापा +९७३-३३८८२२४१ र अनमोल राक्से मगर +९७३-३३६७६९०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।