शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३ सय २८ मत लिएर विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णहरि भुसालले ३२ मत प्राप्त गरे । अध्यक्ष बाहेकका अन्य सबै पद निर्विरोध भएका छन् । अध्यक्ष श्रेष्ठले लामो समयदेखि सदरमुकाम सन्धिखर्कमा व्यबसाय गर्दै आएका थिए । उनले व्यपार व्यबसायका अतिरिक्त समाजसेवा र राजनिती समेत गर्दै आएका छन् । उनी नेपाल कम्युनष्टिपार्टीका जिल्ला नेता समेत हुन् ।
पाँचौं अधिवेशन तथा सातौं साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद भुसाल, वाणिज्य उपाध्यक्षमा जीवलाल वञ्जाडे, उद्योग उपाध्यक्षमा रामप्रसाद भुसाल महासचिवमा प्रदिप मिश्र, सचिवमा युवराज खत्री, सहसचिवमा रामप्रसाद पाण्डे, कोषाध्यक्षमा तुल्सीराम खनाल चयन भएका छन्् । यस्तै महिला सदस्यमा यमकला वञ्जाडे, कमला भुसाल, पार्वता श्रेष्ठ , खुल्ला सदस्यमा देवराज श्रेष्ठ, हुमप्रसाद वञ्जाडे, गोपाल प्रसाद भुसाल, डिलबहादुर खत्री (साजन) कृष्णप्रसाद खनाल, रुद्रप्रसाद श्रेष्ठ, जमालदिन मियाँ, बेदराज घिमिरे, सन्तोष बस्नेत, कृष्ण प्रसाद भुसाल राजेन्द्र जि.सी., लेखनाथ भुसाल, लक्ष्मण कंडेल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए ।
कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका बीच निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूले उद्योगी व्यवसायीको पक्षमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जिल्लाको समग्र हितका लागि नयाँ कार्यसमतिले सबै निकायसँग आवश्यक समन्वय गर्दै अघि बढ्ने उनको भनाई थियो । निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आफूले १५ वर्ष सम्म उद्योग वाणिज्य संघको नेतृत्व गर्दा संघको गरिमालाई कहिल्यै पनि घट्न नदिएको बताए । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका उनले जिल्ला संघलाई जस्तो सुकै सहयोग गर्न पनि आफूपछि नपर्ने प्रतिवद्धता जनाए । महासचिब प्रदिप मिश्रले उद्योगि व्यापारीको हकहित र अधिकारको लागि अहोरात्र खट्ने बताए । आर्थिक सम्बृद्धि र बिकासको लागि सरकार र निजीक्षेत्र हालेमालो गर्दै अगि बढ्नुपर्ने महासचिब मिश्रको भनाई थियो । कार्यक्रमको सञ्चालन निर्वाचन अधिकृत विकल्प भट्टराइले गरेका थिए ।
नव निर्बाचित समिती:-
अध्यक्ष: युवराज श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष: नेत्रप्रसाद भुसाल
वाणिज्य उपाध्यक्ष: जिवलाल बन्जाडे
उद्योग उपाध्यक्ष: रामप्रसाद भुसाल
महासचिव: प्रदिप मिश्र
सचिव: युबराज खत्री (प्रेम)
सहसचिव: रामप्रसाद पाण्डे
काेषाध्यक्ष: तुल्सिराम खनाल
सदस्यहरुमा क्रमशः
यमकला बन्जाडे
पार्वता श्रेष्ठ
कमला भुसाल
देवराज श्रेष्ठ
हुमप्रसाद बन्जाडे
गोपालप्रसाद भुसाल
डिलबहादुर वलि (साजन)
कृष्णप्रसाद खनाल
रुद्रप्रसाद श्रेष्ठ
जमालदिन मिया
बेदराज घिमिरे
सन्तोष बस्नेत
कृष्णप्रसाद भुसाल
लेखनाथ भुसाल
लक्ष्मण कडेल