अंग्रेजी माध्यमबाट पढाउन थालेपछि मालारानी गाउँपालीकाका सरकारी बिद्यालयमा बिद्यार्थी बढे

बाँगी । 

शोभाखर पन्थी
मालारानी, अर्घाखाँची जेष्ठ २८ । मालारानी गाउँपालीकामा अंग्रेजी माध्यम बाट पठन पाठन सुरु गरिएको छ । बिद्यालयले अंग्रेजी माध्यम बाट पठन पाठन गर्न थालेपछि यहाँका बिद्यायमा बिद्यार्थीको आकर्षण बढेको छ । बिद्यार्थी अभावमा सुनसान भएका बिद्यालयमा अहिले बिद्यार्थी खचाखच भएका छन् । 
गाउँपालीकाले आफ्नो सेबाक्षेत्र भित्रका सरकारी बिद्यालयमा अनिबार्य रुपमा अंग्रेजी माध्यम बाट बिद्यार्थी लाई पढाउनुपर्ने व्यबस्था मिलाएपछि यहाँका बिद्यालयले अग्रेजी माध्यम बाट पढाउन थालेका हुन् । सरकारी बिद्यालयको पठन पाठन र शैक्षिक गुणस्तरको बिषयलाई लिएर अभिभावकहरु  चिन्तित भैरहेको समयमा  गाउँपालिकाले आफ्नो सेबाक्षेत्र भित्रका बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि बिभिन्न किसिमका कार्यक्रमहरु अघि सारेको छ । जसअन्तरगत पहिलो चरणमा सरकारी बिद्यालयमा यसै शैक्षिक शत्र देखि अंग्रेजी माध्यम बाट पढाउन थालीएको हो । 
अंग्रेजी भाषा प्रति अभिभावकको चासो बढेको भन्दै गाउँपालीकाले यसै शैक्षिक सत्र देखि आफ्नो सेबाक्षेत्रको सबैबिद्यालयको पूर्वप्राथमिक तह र कक्षा १ मा अंगे्रेजी माध्यम बाट पढाउन सुरु गरेको हो । यस बर्ष देखि शिशु र कक्षा १ मा अंग्रेजी माध्यम बाट पठन पाठन सुरुवात गरेपनि आगामी शैक्षिक शत्र देखि क्रमशः कक्षा २,३,४ गर्दै माध्यमिक तहसम्म नै अनिवार्य रुपमा अंग्रेजी भाषाको माध्यम बाट पढाई संचालन गरीने छ । 
अभिभावकले अंग्रेजी चाहेको तर शिक्षकहरु अंग्रेजी प्रति डराउने गरेको तथा बिद्यालयमा रहेका मौजुदा जनशक्ति बाट नै अंग्रेजी माध्यम बाट पठन पाठन संचालन गर्नु पर्ने बाध्यताका बीच जिल्लाको बिकट क्षेत्रमा रहेको पालीकाले निक्कै मेहनत गरी शिक्षक लाई अंग्रेजी माध्यम बाट शिक्षण गराउन सहमत गराएको थियो । जसको लागि पालीकाले नमूना बिद्यालयको अबलोकन भ्रमण,तालिम,अन्तरक्रिया लगायतका कार्यक्र संचालन गरी शिक्षकहरु लाई आत्म बिश्वासी बनाएको छ । शिक्षक र बिद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरु लाई आफ्नो जिम्मेबारी बोध,अभिभावक र समाजले गरेको अपेक्षा,हालको शैक्षिक गुणस्तरको अबस्था र शिक्षकको दायित्वको बारेमा अबगत गराए पछि अंग्रेजी बिषय प्रति डराउने शिक्षक हरुले समेत अहिले आफुले मेहनतका साथ पढेरै भएपनि अंग्रेजी माध्यम बाट पढाउ थालेका छन् ।
अंग्रेजी पढ्को लागि विद्यार्थी बोर्डिङ्गस्कूलमा जाने र राम्रो बोर्डिङ्गस्कूल खोज्नको लागि बसाई सरेर शहर पस्ने गरेको भन्दै गाउँपालिकाले बढ्दो बसाईसराई रोक्नको लागि आफ्नो पालिका भित्रका सबै बिद्यालय लाई व्यबस्थित गरी अंग्रेजी माध्यम बाट पढाउन सुरुगरेको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । गाउँमा जस्तो सुकै किसिमको सेबा सुबिधा पु-याए पनि शैक्षिक गुणस्तर बृद्धि गरी सरकारी बिद्यालय प्रति जनताको बिश्वास नबढे सम्म बसाई सराई नरोकिने उनको धारणा छ । 
सरकारले शिक्षा क्षेत्रमा प्रसस्तै लगानी गरेपनि लगानी अनुसारको प्रतिफल आउन नसकेको प्रति पालिकाका पदाधिकारी निक्कै चिन्तित छन् । पछिल्लो डेड दशक यता मालारानी गाउँ पालिकाको प्रत्येक घरको १÷२ जना बैदेशिक रोजगारीको लागि खाडिमूलुक जाने गरेका छन् । श्रीमान् कमाउनको लागि खाडि मूलुकमा जाने र त्यसको ६ महिना नबित्दै श्रीमती छोरा छोरी पढाउनको लागि शहर पस्ने गरेका उदाहरण यहाँ प्रसस्तै भेटिन्छन् । छोरा रोजगारीको लागि बिदेशमा जाने ,छोरी बिहेगरेर घरमाजाने तथा बुहारी बच्चा बच्ची पढाउन शहर गए पछि गाउँमा केबल बृद्ध बृद्धाहरु मात्रै बस्न थालेका छन् । गाउँ युवाबिहिन भएपछि गाउँको बिकास निर्माणको काम समेत प्रभावित हुनेगरेको छ । यहाँका युवाहरुले छोरा छोरीको उज्ज्वल भबिस्यको लागि भन्दै खाडिमूलुकमा गएर ४५ डिग्रिको तापक्रममा जोखिम मोलेर कामगर्न बाध्य छन् । श्रीमती र छोराछोरीको शहरको खर्च पु¥याउन समेत उनिहरु लाई निक्कै हम्मे हम्मे हुने गरेको छ । पढाईको लागि श्रीमती छोरा छोरी लिएर शहरमा बस्नुपर्ने कारण पालीका बाट मासीक रुपमा करोडौ रुपैयाँ बाहिरिने गरेको पालिकाको बुझाई छ । शहर गएका बालवालिकाहरु मध्ये सबैको नतिजा सोंचे अनुसार आउन नसक्ने,गाउँका सोझासिधा नारीहरु शहरका  छट्टुको जाल र षडयन्त्रमा परेर घरबार बिग्रने गरेका उदाहरण समेत प्रसस्तै देख्न पाईन्छ । 
छोरा बिदेश र बुहारी शहरमा गएपछि गाउँमा बृद्ध बृद्धाहरुको अबस्था निक्कै दयनीय हुने गरेको छ । बिरामी परेको समयमा औषधि समेत खान दिने मान्छे नहुँदा निक्कै दुःख लाग्ने गरेको उनिहरुको गुनासो छ । घरमा नातिनातिना हुँदा नखाए पनि खाए जस्तै हुन्थ्यो,घरनै उज्यालो हुन्थ्यो अंग्रेजी पढ्ने बहानामा सबै बजारमा गए घरमा म एक्लै छु । मरिहाले पनि कतिदिन थाहा नहोला भन्नेपो डर छ भन्दै गुनासो पोख्नेहरु यहाँ दर्जनौ छन् भन्दै अध्यक्ष आचार्यले भने यो सबैको मुख्य कारण भनेको अंग्रेजी शिक्षा हो । पालीकाका सबै शिक्षकहरुको क्षमता बृद्धि गरेर अभियान लाई तिब्रपार्ने उनको दाबी छ । 
पालीकाले अंग्रेजी माध्यम बाट शिक्षण गर्न थाले पछि स्थानीय बासीन्दा समेत निक्कै उत्साही भएका छन् । बिद्यालयको पठन पाठनमा सुधार आएमा बसाई सराई रोकीनुका साथै शहर गएका मानिस समेत पुनः गाउँमा फर्कने उनिहरुको अनुमान छ ।