सुर्य भुसाल
मालारानी, अर्घाखाँची। बिभिन्न महत्वपुर्ण निर्णय गर्दै नेपाली कांग्रेस मालारानी गाँउपालिकाको बैठक सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मालारानी गाँउपालिकाका संयोजक शोभाकर खनालको अध्यक्षता र जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) को प्रमुख आतिथ्यतामा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।
मालारानी गाँउपालिकामा बढ्दै गएको अनियमितता र साधन स्रोत दलिय स्वार्थमा प्रयोग भएको निष्कर्ष निकाल्दै ध्यानाकर्षण पत्र बुझाउने भएको छ । ध्यानाकर्षण पत्र दिदा पनि पालिकाले आफ्ना गतिबिधि नसुधारेमा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने नेपाली कांग्रेसका मालारानी संयोजक शोभाकर खनालले बताउनु भयो ।
बैठकले मालारानी १ का सभापति भरत थापा र वार्ड नं ३का क्रियासिल सदस्य तुलसीराम खनालको उपचार भैरहेकोमा शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । वाड नम्वर ३ का सदस्य शंकर गौतमको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले शान्तीपुर्ण बिरोधका कार्यक्रममा राज्यले हस्तक्षेप गर्नु लोकतन्त्र विरोधी भएको बताउनु भयो । उहाले मालारानी गाँउपालिकाको गतिबिधि तत्काल सुधार्न आग्रह गर्नु भयो ।
कार्यक्रममा मालारानी ५ का सभापति मणिराम खनाल, ६,७र ८ का सभापति गोपाल जिसि, महिला संघका क्षेत्रीय सभापति शान्ता खनाल, दुर्गा खनाल, कृपाराम खनाल, रमा खनाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम पशुपति खनालको सञ्चालनमा सम्पन्न भएको हो ।