अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल अर्घाखाँचीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्दमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
उनिहरुले पेट्रोलियमको मूल्य वृद्धि फिर्ता र बालकृष्ण ढुंगेलको आममाफी फिर्ता लिन माग गर्दै पुत्ला जलाइएका हुन् ।
ओलीको पुत्ला दहन कोणसभा कार्यक्रममा कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, उपसभापति शान्ता भण्डारी, महासमिती सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल, नेविसंघका कार्यबाहक अध्यक्ष नेत्र मरासिनी, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतको उपस्थिती रहेको थियो ।
कोणसभा कार्यक्रम नेविसंघका जिल्ला उपाध्यक्ष सुरज रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो ।