सन्धिखर्क नगर उपप्रमुखद्दारा खाचिकोट र नरपानीमा भईरहेका बिकास निर्माणका कामहरुको अनुगमन तथा सुपरिवेक्षण (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ ।
बिकले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ र  वार्ड नम्बर ७ मा भईरहेका बिकास निर्माणका कामहरुको अनुगमन तथा सुपरिवेक्षण गर्दै नगरउपप्रमुख बिकले कहि कतै चुहाबट हुन नदिनका लागि स्थानिय बासिहरुलाई सचेत रहन अाग्रह गर्नु भयो । उहाले भष्टचार मुक्त वार्डहरु बनाउन तथा पारदर्शिता कायम गर्न वार्ड अध्यक्ष हरुलाई निर्देसन दिदै अाफुहरुबाट जनताले ठुलो अाशा गरेको बताउदै नगरपालिकालाई नमुना बनाउने महान अभियानमा लाग्न सबैलाई अाग्रह गर्नु भयो ।
बिकले  बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकारात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो । 
योजनाहरुबाट जनता पुर्ण रुपमा सन्तुष्ट हुनेगरि काम गर्नु जनप्रतिनिधिहरुको मुख्य दायित्वबाट पन्छिन नहुने बताउदै गुणस्तरीय काम नगर्ने जो कहिलाई नछाड्ने दावी गर्नु भयो । 
अनुगमनमा प्रमुख प्रसासकिय अधिकृत जिबन   ज्ञवालीले पारदर्शितालाई मुख्य केन्द बिन्दुमा राखेर बिकास निर्माणका कामहरु अगाडि बढाउन अाग्रह गर्नु भयो । वार्डहरुमा भएका बिकास निर्माणका कामका बारेमा वार्ड अध्यक्षहरु राजेन्द्रप्रसाद भुसाल पृर्तम थापाले जानकारी गराउनु भएको थियोे ।