प्रेम खड्का
छत्रदेब, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ४ केरुङाको रिठकारुखमा सिलाई कटाई तालिम सन्चालन भएको छ ।
दिगो तथा सम्मानित रोजगारका लागि सिप परियोजनाको प्रायोजनमा एग्रो पोली टेक्निकल इन्स्टिचुट मथुराद्दारा सन्चालित १०५ दिने तालिम आगामी असार १५ गतेसम्म चल्ले छ ।
तलिममा ६० जना महिलाहरुको सहभागीता रहेको छ । साथै असार २० गते सिटिइभिटी मान्यता प्रमाण पत्र वितरण गरिने इन्स्टिचुटका प्रमुख टिकाराम तिमील्सेनाले बताए ।