नबिन के.सी अर्घाखाँची
मालारानी गाउँपालिकाबाट बैदेशिक रोजगारीमा गएर फर्किएका तथा अन्य युवाहरुसंग सहकार्य गरि युबा स्वरोजगारकार्यक्रम सञ्चालन गर्ने गरि पालिकाले योजना बनाएको छ ।
मालारानी गाउँपालिकाका ९ वटै वडा बाट तीन जनाका युबाहरुको प्रतिनिधीत्व हुने गरि आईतबार पालिका स्तरीय युबा भेला आयोजना गरि आगामी बर्षको लागी युबाको क्षेत्रमा काम गर्ने योजना तथा कार्यक्रम गर्नको लागी पालिका स्तरीय युबा सञ्जाल गठन गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘ उर्जाशील समयमा युबाहरु बिदेशमा बस्ने भएको हुदाँ अब युवाहरुलाई गाउँमै केही गरौ भन्नका लागी के कस्ता योजनाहरु ल्याउनु पर्दछ । भनेर उहाँका कुराहरु सुनेर आगामी आर्थिक बर्ष त्यसै अनुरुपका योजनाहरु बनाउने सोचका साथ पालिका स्तरीय सञ्जाल बनाएका छौ ’ । अब युबाहरुलाई सहकारीमा आबद्ध गरि व्यबसायीक बनाई एक वडा एक उत्पादन गर्ने निती रहेको आचार्यले बताए । हामीले गर्ने कुनै काम कुनै सानो ठुलो नहुने भन्दै पुरानो सोच हटाउनु पर्नेमा जर्नादन खनालले जोड दिए ।‘श्रम र सिपको सबैले सम्मान गर्नु हुदैन घर छाडे पछि सबै गर्ने बानी छाडेर आफनै भुमिमा केही गर्नु पर्दछ ’ । अब उत्पादन भएको बस्तुलाई प्रसोधन गरेर मात्र बिक्रि बितरण गर्नु पर्ने र मालारानीमा रहेका टिमुर ,चिराईतो ,पखन बेद जस्ता जडिबुटिलाई प्रसोधन तथा प्रचार प्रसार गर्नु पर्नेमा खनालले बताए ।
अब युवाहरु समुह बनाएर काम गर्ने बानीको बिकाश गरि निबार्ह मुखिबाट व्यबसायीक तर्फ अगाडि बढनु पर्नेमा सूर्यथुम संयुक्त क्यामपसका प्रमुख शालिकराम आचार्यले जोड दिए ।‘अब समुह बनाएर काम गर्नु पर्दछ एक्लै भन्दा पनि बिदेशमा सिकेर आएको सिपलाई युबाहरुले आफनो भुमिमा उपयोग गरि सम्बृद्ध पालिका बनाउनु पर्दछ । ’ मालारानी गाउँपालिकाले युबाहरुलाई आव्यसक पर्ने प्रबिधी तथा सामाग्रीहरु दिन तयार भएको र अब यसो गर्दछौ भनि माग गर्न आउनु पर्नेमा उपाध्यक्ष प्रमिला क्षेत्रिले बताईन । ‘अब योजना चाईयो यो काम गर्दछु भनेर आव्यसकता अनुसार माग गर्नु पर्यो । त्यसैले युवाहरुको चाहना बुझनको लागी पालिका स्तरीय युबा भेलाको आयोजना गरेका छौ ’ । युबाहरुको वर्तमान अवस्था, चुनौती,अवसर तथा संभावना वारेमा सहजीकर गर्दै योजना छनौटका प्रक्रिया तथा युबा सञ्जालको भुमिकाकोे बारेमा कार्यक्रम अधिकृत नेत्र खनालले जानकारी गराएका थिए । युवाहरुको भाबना बुझन पालिकाले पहिलो पटक युबा भेला गरेकोमा खुसी लागेको युवा मधु खनालले बताए । ‘पालिकाले प्रतिनीधि मुलक रुपमा सबै वडा समाबेश हुने गरि यसरी भेला गरि युवा सञ्जाल गठन गरेकोमा खु ःसी लागेको छ । आफना अनुभबहरु साटेर हामीहरु बिच भएको सिपलाई सदुपयोग गर्ने छौ ’ ।
२७ सदस्य रहेको मालारानी गाउँपालिका स्तरीय युवा सञ्जाल गठन गरेको छ । सञ्जालले पालिका भित्र रहेका युवाहरुलाई समन्वय गरि योजना तथा पालिकालाई कुन क्षेत्रमा बजेट बिनियोजन तथा कार्यक्रमहरु गर्ने पमुख प्रशासकीय अधिकृत जनकाराज पन्थीले बताए ।