पाल्पाली स्रस्टा शिव बस्यालको उपन्यास बिस्मिता वजारमा ।
डिआरजी सुमन
युटेनको विवाहपश्चात् मेरो बाँच्ने रहर मरेर जान थाल्यो । प्रत्येक पलपलमा युटेनको यो आखिरी म्यासेज हेरिरहन्थेँ । हजारौंपटक पढेँ, तर जतिपटक पढे पनि मेरो लागि सुनौलो लाग्दथ्यो । आखिर म्यासेज लेख्दा युटेनका आँखा पक्कै पनि कति रोए होलान् । मनमा उब्जिएका हजारौं प्रश्न मैले याद गर्न पनि नसक्ने भएँ । छिनभरमै सोचेका कुरा केहीबेरमै बिर्सिन थालेँ । म अब पागलजस्तो हुन लागेँ । युटेनका तस्बिर र गरेका सम्वादबाहेक मसित अरु केही थिएन ।
अब जति छिटो संसारबाट बिदा लिन्छु तबमात्र युटेनसित भेट हुने पक्कापक्की भयो । शरीरबाट चिसो पसिना खलखली आउन थाले । मलाई नै थाहा भएन के हुँदै छ । आज मेरै फोर्सले युटेन विवाह बन्धनमा त बाधिइनँ तर पछिका दिन के कस्ता हुनेछन् त्यो मलाई जानकारी नहुने भयो ।
जिन्दगीमा अरुको कसैको भए तापनि बाँचुन्जेल सम्पर्कमा हुने कुरा गरेको युटेनको शब्द पनि खै झुटो थियो या साँचो । उसको सिन्दुर हाल्ने बेलासम्म पनि मेरै पर्खाइमा रहेको र बाटो हेरेका कुराले निक्कै नै मुटु चिर्यो । चारैतिरबाट अब सम्पर्क हुने बाटाहरु बन्द थिए । विकल्प केही थिएन ।
चिन्तामा आएर युटेनले त्यस्तो केही नराम्रो घटना पो गर्ने हो कि भनेर कुराहरु मनमा सलबलाउन थाले । म आफैले पालेको आपनो सन्तान अरु कसैलाई कन्यादन दिएजस्तो महसुस गरेँ । हुन पनि त्यस्तै भयो । अब युटेनको आखिरी म्यासेज आयो ।
यति गहिरो कुराहरु युटेनले पहिले नै बताएको भए सायद मैले अरु केही विकल्प निकाल्थें कि ? अब मलाई झन् चिन्ताले सताउन थाल्यो । युटेनको लागि आखिरी चिठी लेखी सोसल साइटमा पोस्ट गर्ने मन बनाएँ यदि युटेनले नयाँ आइडी बनाएर मलाई सर्च गरिन भने यो चिठीले उसको मन अवश्य फर्काउनेछ ।
उसले माया गरिनँ आफ्नो जीवनसाथी सम्झेर तर मैले प्रेम गरेँ आफ्नो परिवारको हिस्सा सम्झेर ।
जुन ओइलाउँदै गएको &