नरपानीको भुवनडाँडाबाट फरार अभियुक्त १८ महिनापछि पक्राउ


सुरज घिमिरे
सन्धिखर्क, अर्घाखाँची ७ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ भुवनडाँडाबाट भवितब्य ज्यान मुद्धाका फरार अभियुक्त एक जनालाइ १८ महिना पछि  प्रहरीले पक्राउ गरेको छ  । 
 २०७३ साल पौस १९ गते सन्धिखर्क ५ नरपानीको भुवनडाँडामा चिउरीको रुख ढाल्ने क्रममा रुखले च्यापेर घाइते भएका ७३ बर्षिय गंगाबहादुर थापाको मृत्यु भएपछि उनी फरार रहेका थिए ।  
सन्धिखर्क वाड नम्वर २ बस्ने ३३ बर्षिय टुकबहादुर नेपालीले चिउरीको रुख काटने क्रममा सम्झाइ बुझाइ गर्दा पनि अटेर गरि बसिरहे पछि निज गंगाबहादुर घाइते भएका थिए । घाइते भएका गंगाबहादुरको उपचारको लागि बुटबल लैजाने क्रममा निधन भएको हो  । 
गंगाबहादुरको निधनपछि फरार रहेका नेपालीलाइ प्रहरीले पक्राउ गरि ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीले बताउनु भयो ।