सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीमा खानेपानीको चरम संकट परेको छ ।
बसन्त बन्जाडेले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार पानीको संकट परेपछिको खिल्जीमा खमारीबासका जनता घण्टौको बाटो हिंडेर पधेरोबाट पानी ल्याउन वाध्य भएका छन् । उनिहरुले १५,१६ वर्षपछि पधेरोबाट पानी बोक्न वाध्य भएका हुन् । उनिहरुले पधेरो सरसफाई गरेका छन् ।
यस्तै भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ मा पनि खानेपानीको चरम संकट परेको छ । लामाे समय खडेरी पर्दा पानीका मुहान सुक्दा तथा र विभिन्न समयमा माेटर बाटाे खन्ने क्रममा पाईप लाईन क्षति हुँदा धारामा पानी आउन छोडेको छ ।
सिङो भूमिकास्थानका दुई वार्ड न: ५,६ मा २ महिना देखि पानी समस्याले गर्दा स्थानियबासीहरुको लम्चि खाेला, कयन बाेट, पाखा पानी तथा पुराना पुराना पधेराहरुमा भिड लाग्ने गरेको छ । साथै यहाँका कयौ पधेराहरुमा सरसफाई नहुँदा झाडा पखला तथा पानी सम्बन्धी रोग लाग्ने सक्ने स्थानिय स्वास्थ्य कार्यकर्ताहरु बताउन्छन् ।