शोभाखर पन्थी
शितागंगा, अर्घाखाँची असार १६ । शितागंगा नगरपालिका वडा नं. ४ दशरामेकी गिता बस्तेनको घरमा तिन वर्ष पहिले सम्म एउटा पनि बाख्रा थिएन । अहिले उनी सँग ५० ओटा बाख्रा छन् । व्यवसायीक बाख्रापालनबाट प्रशस्त आम्दानी लिन उनी सफल भएकी छिन । हेफर इन्टर नेश्नलको सहयोगमा पहाडी श्रोत व्यवस्थापन समुह ( एमआरएमजि ) ले सञ्चालन गरेको बाख्रा विकास परियोजनाले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ । समुहबाट दुइ ओटा बाख्रा लिएर व्यवसाय सुरु गरेकी उनले बाख्रापालन व्यवसायलाई बिस्तार गरेकी छिन ।
शितागंगा ४ दशमारेका यमबहादुर राना बाख्राको स्यारसुसार गर्दै ।
‘हेफरले उप्रेरणा थपेपछि काम गर्ने हौसला थपियो’ उनले भनिन, ‘यतिका बाख्रा पालन गरौला भनेर सोँचेकी समेत थिइन ।’ बाख्रापानबाट वार्षिक डेढ लाख आम्दानी लिन थालेको उनी बताउँछिन् । बाख्रा हेर्न र रेखदेखका लागि एक जना कर्मचारी राखेकी छिन । श्रीमान भुपबहादुर बस्नेतले उनलाई सहयोग पु-याइरहेका छन् । ‘हेफरको तालिमबाट प्रभावित भएर व्यवासय गर्ने सोँच बनाएकी हुँ’ उनले थपिन, ‘श्रीमानबाट सक्दो सहयोग पाएपछि सफल भएँ ।’बाख्रामात्र नभएर टनेलमा तरकारी खेती, बोइलर, कोइलर कुखुरा समेत पालेकी छिन् । तरकारी र कुखुराबाट वार्षिक एक लाख आम्दानी हुने श्रीमान भुपबहादुरले सुनाए । ‘तरिका पारेर कृषि तथा पशुपालन गरेपछि आफ्नै माटोमा धेरै आम्दानी हुँदो रहेछ’ उनले भने, ‘कृषि पेशालाई सम्मानित पेशाको रुपमा लिन थालेपछि निकै उत्साह थपिएको छ ।’ पहिले÷पहिले कृषि गर्नेलाई खिसि गर्ने चलन थियो’ पुराना दिनको स्मरण गर्दै उनी भन्छन, ‘अहिले फुुलमालाले सम्मान गरिन्छ ।’
सोहि ठाउँका यमबहादुर रानाले पनि व्यवसायीक रुपमा बाख्रापालन गरि मनग्य आम्दानी लिने गरेका छन् । उनले ६० ओटा बाख्रा पालेका छन् । रानाले तरकारी खेती पनि गरेका छन् । ‘बाख्राको मलले तरकारी उत्पादनमा ठूलो टेवा पु¥याइरहेको छ’ उनले भने, ‘पशुपालन र खेती, किसानीलाई सँगसँगै लैजान सकियो भने धेरै फाइदा हुँदो रहेछ ।’ उनले बाख्रापालनबाट वार्षिक दुइ लाख अम्दानी गर्छन । तरकारी खेतीबाट करिव १ लाख आम्दानी हुन्छ । करिव १० रोपनी जग्गामा तरकारी खेती गरेका छन् । श्रीमती र छोराले काममा सघाइरहेका छन् । ‘बाख्रा विरामी भएमा परियोजनाका प्राविधिकबाट उपचार सेवा मिल्ने गरेको छ’ उनले भने, ‘ प्राविधिक ज्ञानले बोका खसीको तौल पनि पहिले भन्दा धेरै हुन थालेका छ ।’
शितागंगा ४ दशमारेका यमबहादुर राना बाख्राको स्यारसुसार गर्दै ।
सुशिला बेल्वासेले १० ओटा बाख्रा पालेकी छिन् । ‘पहिले दुइ ओटा मात्रै बाख्रा थिए’ उनले भनिन, ‘संस्थामा आवद्ध भएपछि व्यवसायीक रुपमा बाख्रापालन गर्ने जागर पलायो ।’ परियोजनाले बाख्रा वितरण सँगै खोर व्यवस्थापन, औषधि उपचार र घास खेतीमा समेत सहयोग पु¥याउँदै आएको छ । ‘चार÷पाँच प्रकारका घास घरको नजिकै लगाएकी छु’ उनले भनिन, ‘पोषिलो घासले पाठापाठीहरु छिट्टै हुर्कन थालेका छन् ।’ ‘घासका लागि पहिले निकै समस्या हुने गरेको थियो’ उनले थपिन, ‘भुइबाटै छोटो समयमै धेरै घास काट्न मिलेपछि निकै राहत भएको छ ।’
ठाडा सानादह की गंगा थापा बाख्रापालन व्यवसाय सबै भन्दा भरपर्दो व्यवसायको रुपमा रहेको बताउँछिन । ‘घरमै आएर बोका, खसी खरिद गर्छन’ उनले भनिन, ‘अरुमा जस्तो बजारको समस्या यस्मा छैन ।’ उनले ७ ओटा बाख्रा पालेकी छिन् । वार्षिक एक लाख आम्दानी गर्छु’ उनी भन्छिन, ‘व्यवसायलाई बिस्तार गर्ने मनसायमा छु ।’ एमआरएमजिले साविक ठाडा गाविस हाल सितगंगाको वडा नं. ३ ४ र १२ मा परियोजना सञ्चालनमा ल्याएको छ । ३५ महिने परियोनाको कुल वजेट २ करोड ४२ लाख रहेको छ । अब कार्यक्रमको अवधि ४ महिना छ । विभिन्न उपहार र मुल समुहहरु मार्फत कार्यक्रम लागू भएको हो । १८ ओटा मुल समुहमा ५ सय ७४ सदस्य आवद्ध रहेका छन् । ५६ उपहार समुहमा १२ सय ५४ सदस्य रहेका छन् ।
मुल र उपहार समुहमा गरि १८ सय २५ सदस्यहरुले कार्यक्रमबाट लाभ लिएको परियोजना संयोजक पार्वता श्रेष्ठले बताइन । ‘परियोजनाले हाल सम्म ११ सय ९३ बाख्रा वितरण गरेको छ’ उनले भनिन ‘ति बाख्राबाट अहिले ११ हजार बाख्रा पुगेका छन् ।’ उपहार र मुल समुहका ५४ सदस्य मिलेर हालै आधारशिला साना किसान कृषि तथा पशुपालन महिला विकास सहकारी गठन गरिसकेका छन् । उपहार र मुल समुहका सबै सदस्य सहकारीमा आवद्ध हुँदै छन् । सबै समुहमा गरि ३५ लाख रकम जम्मा भएको छ । सो रकम सहकारी मार्फत परिचालन हुनेछ । सहकारी बनेपछि महिलाहरु खुसी भएका छन् । ‘सहकारी मार्फत अब विभिन्न आयआर्जनका कामहरु गर्छौं’ जया भुसालले भनिन, ‘सहकारीमा आवद्ध भएका कोहि पनि बेरोजगार बस्नु नपर्ने भएको छ ।’ ‘सहकारीको बारेमा पनि धेरै कुरा बुझ्न सफल भएका छौं’ उनले थपिन, ‘सहकारी मार्फत अब हाम्रो गाउँ समृद्ध र हरावरा बन्दैछ ।’