गोपाल प्रसाद भट्टराई
असार–१९,अर्घाखाँची । प्रदेश ५ का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले बुटवलबाट अन्यन्त्र सरेमा प्रदेश ५ को राजधानी अर्घाखाँचीमा हुने दावी गर्नुभएको छ ।
रेडियो अर्घाखाँचीको बहस मुलक कार्यक्रम बिचारमन्थनमा हिजो बिहान कुरा गर्दै उहांले यस्तो दाबी गर्नुभएको हो ।
अर्घाखाँची निर्बाचन क्षेत्र नम्बर २ बाट निर्बाचित प्रदेस सभा सदस्य घिमिरेले भन्नु भयो प्रदेश राजधानी बुटवलमै रहन्छ यदि कुनै कारण बस अन्यन्त्र सार्नै परेमा राजधानी जहां रहेपनि अर्घाखाँचीसंग जोडिएको क्षेत्रमै वा अर्घाखाँचीमै राजधानी तोकिन्छ । नरपानीको चुनढुङ्गा उत्खनन रोक्का गर्ने जनताको अभियानमा आफ्नो एकयबद्धता रहेको भन्दै उहांले देशैभरका चुन ढुङ्गा उत्खनन रोक्ने पक्षमा आफु नभएको स्पष्ट पार्नुभयो ।
प्रदेशको बजेटमा अर्घाखाँचीको नाम नसुनिएको बिषयमा खण्डन गर्दै प्रदेश सदस्य घिमिरेले थुप्रै राष्ट्रिय महत्वका सडक,पर्यटन,कृषि विकास लगायतका क्षेत्रमा आफ्नो सक्रियतामै बजेट र कार्यक्रम पारेको विस्वास ब्यक्त गर्नुभयो ।
देश समृद्धिको दिशातर्फ उन्मुख भइसकेको भन्दै उहांले जिल्लाको विकासमा बाधा पु¥याएका बिभिन्न समस्या क्रमश समाधान गर्दै अगाडि बढिने र अर्घाखाँचीलाई विकासमा नमुना बनाईने जिकिर समेत गर्नभएको छ ।