सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि र पसुपालनका लागि पकेट एरिया बनाएर नगरपालिकाले बिशेष क्षेत्रको रुपमा बिकास गर्ने अागामी रणनिति बनाएको बताउनु भएको छ । उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पसुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न अाग्रह गर्नु भएको हो ।
सन्धिखर्क नगरपालिका पशु स्वाथ्य शाखाले अायोजना गरेको पशु प्रजनन तथा नश्ल सुधार सम्बन्धि एक दिने अन्तरक्रिया गोष्ठीको उदघाटन गर्दै नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नया नया योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउदै कृर्षि र पशुपालन अाफुहरुको मुख्य उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवाली जिल्ला पशुसेबा कार्यलयका प्रमुख डाक्टर लोकनाथ पौडेलले समेत मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम सन्धिखर्क नगरपालिका पशु स्वाथ्य प्रमुख राधा पान्डेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरभित्रका पसुपालक किसानहरुको सहभागीता रहेको थियोे ।