सन्धिखर्कमा सबैको आकर्षण बजाज एभेन्जर १८० सिसी मोटरसाइकलमा

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बस्याल ब्रोदर्स अटो लिक प्रालिले बजाज कम्पनीको १८० सिसी एभेन्जर मोटरसाइकल सन्धिखर्कमा लन्चिङ गरेको एक महिनामा राम्रो व्यापार गरेको छ ।
प्रालिले गत ज्येष्ड ७, सोमवार एक कार्यक्रमको आयोजना गरी  उक्त मोटरसाइकल लन्चिङ गरेको थियो ।  यो एभेन्जर मोटरसाइकल बजारमा पहिलोपटक अाएको हो । 
नेपालमा बजाजका बाइकहरू निकै चर्चित छन्। युवादेखि पाको उमेर समूहका लागि बजाजले धेरै मोडलका बाइक बजारमा ल्याएको छ।
विशेषतः नेपालमा बजाज पल्सर, एभेन्जर लगायतका मोडेल लोकप्रिय मानिन्छ। लोकप्रियता घट्न नदिन बजाजले विभिन्न मोडल भित्र्याइरहेको छ। नेपाली बजारमा बजाज सर्वाधिक बिक्रि हुने र यसले ४५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ।   
बजाजले महंगोदेखि सस्तोसम्म, विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको कम्पनीको दाबी छ।   
बस्याल ब्रोदर्स अटो लिक प्रालिका प्रमुख व्यवसायी नारायण बस्याल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ नारायण बस्यालका भाई हुन् ।   

यस्तो छ बजाजको विभिन्न मोडलका मूल्य

मोडल भर्सन मूल्य
डोमिनर ४०० ४ लाख ६९ हजार ९ सय
पल्सर २०० आरएस ३ लाख ९९ हजार ९ सय
पल्सर २०० एएस २ लाख ८६ हजार ९ सय
पल्सर २०० एनएस २ लाख ९२ हजार ९ सय
पल्सर २२० एफ २ लाख ८९ हजार ९ सय
पल्सर १५० एएस २ लाख ५१ हजार ९ सय
पल्सर १८० २ लाख ५१ हजार ९ सय
पल्सर एन.एस–१६० २ लाख ५९ हजार ९ सय
पल्सर १५० २ लाख ३९ हजार ९ सय
भि१५ १५० २ लाख ११ हजार ९ सय
एभेन्जर २२० क्रुज ३ लाख ४ हजार ९ सय
एभेन्जर २२० स्ट्रिट २ लाख ९२ हजार ९ सय
एभेन्जर १५० स्ट्रिट २ लाख ५८ हजार ९ सय
डिस्कभर १२५ डिस्क १ लाख ८४ हजार ९ सय
डिस्कभर १२५ ड्रम १ लाख  ७६ हजार ९ सय
डिस्कभर डिस्क १२५ एफ १ लाख ९९ हजार ९ सय
डिस्कभर डिस्क १५० एस २ लाख १ हजार ९ सय
प्लाटिना इएस १०० सिसि १ लाख ५३ हजार ९ सय