फाइल तस्बिर
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.२ चुत्राबेशी बजारमा अनुगमनका क्रममा सर्वसाधारण उपभोक्तालाई ठगी गर्ने व्यापारीहरुबाट कयौ अखाद्य पदार्थ जफत गरि नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाकाे नेतृत्वमा काेष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला प्रहरी कार्यालयकाे संयुक्त अनुगमन टाेलीले चुत्राबेशी बजारका विभिन्न स्थानहरुमा सर्वसाधारण उपभोक्ताहरूलाई ठगी गर्ने करिव १२० पसल, हाेटल र उद्योगहरुबाट जफत गरिएका अखाद्य सामाग्रीहरु नष्ट गरिएकाे हो ।
म्याद सकिएका, लेवल नभएका , कुहिएका र स्वास्थ्यका दृष्टिकाेणले हानिकारक खाद्य सामाग्रीहरु जफत गरी सर्वसाधारण उपभोक्ताहरूलाई ठगी गर्ने व्यवसायी तथा उद्यमीहरुलाई अावश्यक निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जफत गरि नष्ट गरिएका अखाद्य सामाग्रीहरुमा कुहिएका फलफूलहरु -१० केजी, सुर्यमुखी तेल – ५ लिटर, बेसन -१२ प्याकेट, मिटमसला -४१ प्याकेट, विभिन्न ब्राण्डका चिप्सहरु -३२६ प्याकेट, लिची जुस -१२० थान, ब्रेड -५ दर्जन, दालमोट -२५ प्याकेट, चिउरा / भुजा -१६ प्याकेट, चियापत्ति -८ प्याकेट, विस्कुट -१२ दर्जन, सुर्ती / खैनी – २८ प्याकेट, भोला -२४ प्याकेट रहेका छन् ।
साथै जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई नियमित दिएको छ । रुपमा भई रहने व्यहोरा सम्बन्धित सबैकाे लागि जानकारी गराइन्छ ।