अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा महिला सशक्तिकरण एवं कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक लगायतको उपस्थिती रहेको थियो ।
अधिबक्ता केबि भुसाल पबित्रा भट्टराई शान्ता भन्डारि सुसिला गैरेले प्रशिक्षण दिएका थिए । सन्धिखर्क नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा दुई दर्जन बढी महिलाहरुको सहभागीता रहेको थियो ।