अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कका सबै १२ वटा वार्डका दलित समुदायका लागि कागतीका विरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
दलित समुदायका लागि महिला जनप्रतिनिधि मार्फत कागतीका विरुवा १२ वटै वार्डका लागि वितरण गरिएको हो ।
कागतीका विरुवा सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर प्रसाद बिकले वितरण गरेका थिए ।