राज्यले सम्मान गर्न नसकेका अपाङ असहायलाई सम्मान तथा लत्ताकपडा वितरण कार्यक्रम लेखेपछि व्यापक आलोचना
अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ७ भगवतीमा बृद्ध तथा अपाङ्गहरुलार्इ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
छत्रदेव वार्ड नम्बर ७ को आयोजनामा ८४ बर्ष माथीका जेष्ठनागरीक तथा “ग”बर्गका अपाङ्गहरुलाई एक कार्यक्रमको आयोजना गरी शनिबार सम्मान तथा गरीएको हो ।
राज्यले सम्मान गर्न नसकेका लेखेपछि व्यापक आलोचना
छत्रदेव वार्ड नम्बर ७ को आयोजनामा सम्पन्न उक्त बृद्ध तथा अपाङ असहाय सम्मान कार्यक्रममा ” राज्यले सम्मान गर्न नसकेका अपाङ असहायलाई सम्मान तथा लत्ताकपडा वितरण कार्यक्रम” भनी लेखिएको व्यानरलाई लिएर सामाजिक सन्जालहरुमा व्यापक आलोचना भएको छ ।
व्यापक आलोचनापछि वार्ड अध्यक्ष शोभाखर पाण्डेले वार्ड कार्यालयले नभएर लेख्ने व्यक्तिले गल्ती गरेको बताएका छन् । यस्ता सामान्य प्रकारका त्रुटि अब नहुने दोहोराए ।
साथै बृद्ध तथा अपाङ्गहरुलार्इ सम्मान कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, वार्ड अध्यक्ष शोभाखर पाण्डे लगायतले मनतब्य राख्दै जेष्ठनागरीक र अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले उचित किसीमले हेरचाहगर्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रम वार्ड नम्बर ७ का अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा २ दर्जन बढी जना जेष्ठ नागरीक तथा अपाङ्गहरुलाई सम्मान गरीएको थियो ।