युवाहरुको पहलमा पर्यटकीय स्थल ढिकुराको मसिनालेखमा खानेपानीको सुविधा (तस्बिर सहित)

प्रेमनारायण आचार्य
मसिना लेक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पर्यटकीय स्थल अर्घाखाँचीको भूमिकास्थान–९ स्थित मसिनालेकमा खानेपानी ट्यांकी निर्माण कार्य सम्पन्न भएको छ । 
मसिनालेकमा खानेपानी समस्याका कारण पर्यटन क्षेत्रमा समस्या रहेकोले  पर्यटन आवागमनमा बृदि गर्ने र स्थानीय तथा राष्ट्रिय स्तरमा पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने हेतुले खानेपानी ट्यांकी निर्माण गरिएको ढिकुरा–रुपन्देही समाजले बताएको छ । 
पर्यटकियस्थलको संभावना रहेको मसिनालेकमा मोटरबाटो र पानीको समस्या रहेको छ । उक्त स्थानबाट तराईका फाँटहरुदेखी भारतका केही स्थानहरुको मनोरम दृष्य देख्न सकिन्छ । पौराणिक कालमा कश्यपादी ऋषिहरुले तपस्या गर्दा योगेश्वर देवी प्रसन्न भएको र ऋषिहरुले चारैवेद आफुहरुको अधिनमा रहोस भनेर वर मागेको ठाँउले परिचित मसिना कुटीको उचित संरक्षण हुन नसकिरहेका बेला ढिकुरा–रुपन्देही समाज बुटवलका युवा तथा बुध्दिजिवीको सक्रियतामा खानेपानी ट्यांकी निर्माण कार्य सम्पन्न भएको हो ।
आफ्नै गाँउठाँउमा प्रसस्त सम्भावनाहरु रहेको तर कसैको ध्यान नपुगेकोले आफुहरुले सक्रियता देखाएको समाजका सचिव भुवन दर्लामीले बताउनु भयो । विभिन्न व्यक्तित्वबाट आर्थिक संकलन गरि खानेपानी ट्यांंकी निर्माण कार्य गरिएको र अझैपनी काम बाँकी रहेकाले ट्यांंकीको कुल लागत २ लाख ५० हजार पुग्ने समाजका कोषाध्यक्ष राजन घिमिरेको भनाई छ । सरकार एक्लैले सबैकुरा नसक्ने भएकाले युवाहरुले सक्रियता देखाउनु पर्ने र देश बिकासका लागी सबै आआफ्नो ठाँउबाट लाग्नुपर्ने समाजका अध्यक्ष डिल बहादुर थापा (बिन्दु)ले बताउनु भयो । उहाँले खानेपानी ट्यांकी निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनी ज्ञापन गर्नुभयो । 
पानी ट्यांकीको वार्ड अध्यक्ष नारायण प्रसाद खनालले उद्घाटन गर्नुभएको हो । ट्यांकीको उद्घाटन गर्दै वार्ड अध्यक्ष खनालले युवाहरुको सक्रियताको प्रशंशा गर्नुभयो ।