अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत । अर्घाखाँची जिल्लाका एक युवकको हृदयघातका कारण भारतको दिल्लीमा मृत्यु भएको छ।
जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदह खलारका ३३ बर्षिय राम बहादुर खत्रीको सोमबार साँझ एक्कासी हृदयघातका कारण दिल्लीमा मृत्यु भएको हो ।
गत महिना दिल्ली गएका खत्रीलाई केही दिन देखि सामान्य ज्वरो आएको थियो ।
नेपालीबासीहरुको सहयोगमा शबलाई नेपाल पठाइएको छ । अन्तिम दाहसंस्कार गुल्मीको रिडीघाटमा गरिने परिवार स्रोतले बतायो । मृतकका श्रीमती २ छोरी र १ छोरा रहेका छन् ।