प्रेम नारायण आचार्य
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका नुवाकोटको आयोजनामा प्रजनन योग्य बोयर बोका हस्तान्तरण कार्यक्रम नुवाकोटको चिदीचौरमा सम्पन्न भएको छ ।
भुमिकास्थान नगरपालिकाको आयोजनामा नगरपालिकाका १० वटै वडाका अगुवा कृर्षकहरुलाई २६ बोयर बाख्रा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोयर बाख्रा हस्तान्तरण गर्दै नगरप्रमुख रेशम थापाले नगरपालिकाले अगुवा कृर्षकहरुलाई उन्नत जातको बाख्रा बितरण गरेर आगामी दिनमा बोयर हबको रुपमा नगरपालिकालाई विकास गर्ने बताउनुभयो । थापाले बाख्रा पालनबाट मनग्य आम्दानी गरी बैदेशिक रोजगारीको अन्त्य हुने बताउनुभयो ।
नगर उपप्रमुख खडानन्द बेल्बासेले अहिलेको प्रमुख प्राथमिकता कृषि र पशुपालन भएको भन्दै नगरपालिकाले दुबै क्षेत्रलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउनुभयो । बेल्बासले कृर्षकहरुलाई व्यवसायीक रुपमा कृषि र पशुपालनमा लाग्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशाकीय अधिकृत हरिप्रसाद अर्यालले बोयर बाख्रा पालनबाट कृषकहरुले छोटो समयमा धेरै आम्दानी गर्न सफल हुने भएकोले पालन पोषण र हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका शाखा अधिकृत खगेन्द्रराज मरासिनी, कार्यक्रम अधिकृत हरिषचन्द्र भुसाल, वडा नम्बर ४ का वडाध्यक्ष बाबुराम सुनार, जाँलकाडा बाख्रा पालन समुहका अध्यक्ष गोपाल बस्याल, पत्रकार प्रेम अचार्य, हृदयकुमार भुुसाल, बसन्त श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रम वडा नम्बर १० का वडाध्यक्ष खगेश्वर पन्थीको अध्यक्षता, नगरप्रमुख रेशम थापाको प्रमुख आथित्यता र पशु शाखा प्रमुख सुन्दर बि.कको सञ्चालनमा सम्पन्न भएको थियो ।