खिल्जीमा १५ वर्षिया किशोरीले फेसबुक चलाऊन मोबाईल फोन नपाएपछि आत्महत्या गरिन्

प्रेम खड्का 
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जी खमारीबासमा एक किशोरीले फेसबुक चलाऊन मोबाईल फोन नपाएपछि आत्महत्या गरेकी छिन् । 
खिल्जी खमारीबासकी १५ वर्षिया किशोरी सुनिता थापाले आफ्नी आमा रमा थापाबाट मोबाईल चलाऊन फोन नपाएपछि आवेगमा आएर बुधवार बिहान आत्महत्या गरेकी छिन् । 
भारतको दिल्ली स्थित नोएडा श्रीमानको पेन्सन बुझ्न जान जान लागेकी आमा रमालाई जाने बेलामा सुनिताले फेसबुक चलाऊन मोबाईल छोड्न अनुरोध गरेपछी उनले त्यसलाई इन्कार गरेकी र त्यसलगत्तै छोरी सुनितालाई मोबाईल सेट दिएपनि म चलाउदिन तपाईको मोबाईल भनेर रिसाउदै कोठामा गएकी उनले अन्तत आत्महत्याको बाटो रोजेकी छन् ।
 सुनिताले आफ्नो फेसबुक नचल्ने साधारण मोबाईलसँग साटन् दिल्ली जान थालेकी आमालाई १,२ दिन देखि बारम्बार अनुरोध गरेकी थिईन् । यो बेला पढ्नुपर्छ मोबाईल चलाएर समय खर्चने होईन छोरी भनी सम्झाउदा नलागेपछि आमाले मोबाईल सेट चलाउन दिए पनि रिसाएर कोठामा गएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
परिवारका अन्य सदस्य, छिमेकीहरुले बिहान ९:३०- १०:०० बजे अवेरासम्म नउठेपछि खोज्ने क्रममा उनी घरमा झुन्डिएको अवस्थामा फेला परेका थिईन् ।
आमा रमा नोएडा जानको लागि सन्धिखर्क पुगीसकेको समयमा उनले आत्महत्या गरेकी थिईन् । सुनिताले शान्ती मावी डाँडा पोखरीमा कक्षा १० मा पढदै आएकी थिईन् ।
उनी घरमा झुन्डिएको अवस्थामा फेला परेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सबै मुचुल्का उठाई शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगेको छ । मोबाईल चलाउन नपाएको झोकमा मृत्युबरण गर्ने घटना अर्घाखाँचीमा पहिलो हो ।
अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । 
उता पछिल्लो समय नेपालमा जनसंख्याभन्दा बढी मोबाइल फोनहरु प्रयोग हुने गरेको पाइएको छ। मोबाइल फोन इम्पोर्टस एसोसिएसनको तथ्याङ्कअनुसार नेपालमा ३ करोड १ लाख १९ हजार मोबाइल फोनहरु प्रयोग भएको छ। यो जनसंख्याभन्दा झण्डै १३ प्रतिशत बढी हो। @अर्घाखाँचीडट्कम