सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। सन्धिखर्क नगरपालिकाको अायोजना अपाङ्गहरुका लागि कानुनी साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले गर्नै नसक्ने गरि अपाङ्ग भएका ब्यक्तिहरुलाईको सबै खालको हेरचाह राज्यले गर्नु पर्ने बताउनु भएको छ । उहाले अपाङग ब्यक्तिहरुले सपाङगले भन्दा बढि सिपमुलक काम गरि मनाग्य अाम्दानी समेत कमाएको अाफुले धेरै ठाउँमा देखेको बताउनु भएको छ ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले अपाङ्ग मैत्री कार्यक्रमहरु नगरले अगाडि सारेको बताउदै अार्थिक क्रान्तिमा लाग्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली महिला बिकास अधिकृत बिमला लम्साल लगाएतले मन्तब्य राखेका थिए ।