सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका अर्घाखाँची र घरेलु तथा साना उधोग बिकास समितिको आयोजनामा ७ दिने युवा उधमसिलता तथा रोजगार कार्यक्रम अन्तरगत उधमसिलता बिकास तालिम सम्पन्न भएको छ ।
समारोहमामा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ ।
उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएकोले त्यस तर्फ केन्दित हुन युवाहरुलाई अाग्रह गर्नु भएको छ ।
उपप्रमुख बिकले कहि कतै चुहाबट हुन नदिनका लागि स्थानिय सरकार लागेकाले युवाहरु सचेत हुनु पर्नेमा जोडदिनु भएको हो । उहाले नगरपालिकाले नयाँ नयाँ उद्दमसिलता कार्यक्रम अागामी दिनमा अझै नयाँ ढगले सन्चालन गर्ने बताउदै बेरोजगारी समस्या समधान गर्न यस्ता तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमा अाफुहरु बिस्तत रहेको बताउनु भयो । जनताले ठुलो अाशा गरेको बताउदै नगरपालिकालाई नमुना बनाउने महान अभियानमा लाग्न सबैलाई अाग्रह गर्नु भयो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो । उहाले नगरका योजनाहरुबाट जनता पुर्ण रुपमा सन्तुष्ट हुनेगरि काम गर्नु जनप्रतिनिधिहरुको मुख्य दायित्वबाट पन्छिन नहुने बताउदै गुणस्तरीय काम नगर्ने जो कहिलाई नछाड्ने दावी गर्नु भयो ।
प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीले युवाहरुलाई उद्दमसिलतामा लाग्न अाग्रह गर्दै तालिममा सिकेका कुराहरु ब्याभारमा लागु गर्न पर्नेमा जोडदिदै सिप बिकासका तालिमहरु अाउने बर्ष सन्चालन गर्नेमा जोड दिनु भयो । उहाले तालिम सन्चालन गर्दा भत्ताको ब्यबस्था नभए तालिममा सहभागी जुटाउन नसक्ने अबस्था अाएको बताउदै अब बैदेसिक रोजगारि नभई स्वदेसि सोरोजगारमा लाग्न युवाहरुलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा घरेलुतथा साना उधोग बिकास समितिका प्रमुख कमल सुतार कार्की प्रशिक्षकहरुको तर्फबाट मिना घर्ति लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा २० जना युवायुबतीहरुको सहभागीता रहेको थियोे ।