सन्धिखर्कमा मासु उपभोग सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न, बजारमा मासु पसलहरुको अनुगमन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाको आयोजनामा मासु उपभोग सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । 
मासु उपभोग सम्बन्धि अन्तरक्रिया गोष्ठीमा सन्धिखर्क नगरपालिका उप- प्रमुख ठाकुर कुमार बि. क. किशोर, कार्यकारी प्रमुख जीवन ज्ञवाली, जिल्ला पशु सेवा कार्यालय निमित्त प्रमुख बिष्णु प्रसाद पौडेल, सन्धिखर्क नगर वडा नं २ अध्यक्ष मोतिजंग रायमाझी लगायत बोलेका थिए । 
गोष्टीमा उप- प्रमुख ठाकुर कुमार बि. क. किशोरले मासु ब्यबसायिको निम्ति उपयुक्त स्थानमा बधशाला स्थापना गरिने, सदरमुकामको ढललाई ब्यबस्थापन गरिने, अनुगमनलाई निरन्तरता दिईने र राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गरिने, मासु जन्य बस्तुबाट छिटो रोग फैलने भएकोले पसल सफा स्वस्थ रहनु पर्ने, मासु ब्यबसाय दर्ता गरेर मात्र संचालनमा ल्याउनु पर्ने, मासु ब्यबसाय मात्र होइन नगर भित्र गरिने सम्पुर्ण ब्यापार, ब्यबसाय, उद्योग सबै दर्ता गरेर मात्र संचालन गर्नुपर्ने अन्यथा कानुन अनुसार खारेजी गरिने, एकै ठाउमा विविध ब्यबसाय गर्न रोक लगाइने, खाद्य सम्बन्धि तथा उपभोक्ता अधिकार भित्र रहेर पेशा ब्यबसाय गर्नुपर्ने, समृद्ध र सुन्दर नगर बनाउन सम्पुर्ण नगरबासिले सहयोग गर्नुपर्ने बिचार ब्यक्त गरेका थिए । 
 
सन्धिखर्कका मासु पसलहरुको अनुगमन
सन्धिखर्क नगरपालिकाको पशु स्वाथ्य शाखाको अायोजनामा अाज सन्धिखर्क बजारमा रहेका मासु पसलहरुको अनुगमन गरेको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीले मासु सफा स्वस्थ राख्न निर्देशन दिन नगरपालिकाको मापदण्ड अनुसार पसल सन्चालन गर्न निर्देसन दिए । 
मासु पसल र जुस पसल एकै ठाउँमा गुन्टिखोलामा सन्चालन गरेका ब्यबसायीलाई तत्काल जुस वा मासु पसल मध्ये एक हटाउन निर्देशन ज्ञवालीले दिए ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा जिल्ला पशुसेवा कार्यालयका अधिकृत बिष्णु पौडेल, सन्धिखर्क पशु शाखा प्रमुख राधा पान्डे उधोग बाणिज्य संघका लक्ष्मण कडेल, बजार सुधार समितिका यमराज पान्डे, बुद्धि गौतम लगायतको उपस्थिति रहेको थियोे ।