प्रसंशा रायमाझी । फोटो: फेसबुक
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्ककी १५ वर्षिया किशोरीले “लिटल मिस हेरिटेज नेपाल १८” का लागि प्रतिस्पर्दामा भाग लिएकी छिन् ।
“मिस हेरिटेज नेपाल १८” का लागि अर्घाखाँचीको प्रतिनिधित्व गर्दै प्रसंशा रायमाझीले प्रतिस्पर्दामा भाग लिएकी हुन् ।
प्रसंशा मिस हेरिटेज नेपाल १८ का लागि दशौं स्थानमा पर्न सफल भएकी छिन् । प्रसंशा लोकतान्त्रिक बाम आन्दोलनका नेता लक्ष्मण रायमाझीकी नातिनी तथा अनेरास्ववियूका पूर्व नेता कमल रायमाझीकी छोरी हुन् ।
प्रसंसा रायमाझीलाई “मिस हेरिटेज नेपाल १८” का लागि भोट गर्न आफ्नो मोबाइलको म्यासेज बक्सम गई LMHN Space 04 टाईप गरि 33001 मा पठाउन सकिनेछ ।
उता जेनिथ इन्टरटेनमेन्टले ईप्लानेट प्रा.लिसँगको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगीतामा पहिलो चरणको अडिसनमा उपस्थित ३९ प्रतिस्पर्धी सहभागी मध्ये १० प्रतियोगी छानिएका छन् । छनौट चरणको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, मिस हेरिटेज नेपाल २०१५की नीशा पाठक लगायत निर्णायकमा रहेका थिए ।
‘लिटल मिस हेरिटेज नेपाल २०१८’को विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड किड्स फेस्टिवल २०१८’मा सहभागिता जनाउने छ ।
‘वल्र्ड किड्स फेस्टिवल २०१८’ २ अगष्ट देखि ६ सम्म फिलिपिन्समा हुनेछ । इभेन्टका कोरियोग्राफी नीशा पाठकले गर्नेछिन् भने लिटल मिस हेरिटेजको विजेतालाई कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछन् । @अर्घाखाँचीडट्कम