प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ शान्तीबगैचामा अवैध जडिबुटीको औषधी बिक्री गर्दै उपभोक्तालाई ठगिरहेको फेला परेको छ ।
शान्तीबगैचाको सडक पेटीमा महिनौ देखि भारतीय मुलका व्यापारीले जडिबुटीको औषधी भन्दै अवैध रुपमा बेचिरहेको फेला परेको हो ।
ति भारतीय मुलका व्यापारीले शान्तीबगैचाको सडक पेटीमा हाड जोर्नीको तेल, पहाडी मस्तना तेल, पिनास, श्वासमा दुर्गन्ध, शिर दुखेको, रुघा, ग्यास्ट्रिकको औषधी लगायत अनेकौ दबाईको परिचय दिदै अवैध रुपमा आयुर्वेदिक औषधी बेचिरहेका छन् ।
ति व्यापारीले रक्सीको बोटलमा हाड जोर्नीको तेल, पहाडी मस्तना तेल भन्दै बेच्न राखेका छन् । तर ति भारतीय मुलका व्यापारीले नाममा नखुलेका प्रतिबन्धित जडिबुटी समेत यहाँ बेच्न राखेका देखिन्छ । ति कुनै पनि आयुर्वेदिक औषधीले काम गर्दैनन् ।
ति व्यापारीले शान्तीबगैचाको सडक पेटीमा अवैध रुपमा जडिबुटीको औषधी भन्दै बेचिराखेता पनि नगरपालिकालाई कुनै शुल्क तिरेका छैनन् । मानिसको स्वास्थ्यसँग खेलवाड गरी अवैध रुपमा आयुर्वेदिक औषधी बेच्दा नगरपालिका, प्रहरी प्रशासन मौन रहेको देखिन्छ ।
जिल्लामा विभिन्न आयुर्वेदिक औषधी, गहना-भाडा साट्न, बेच्न भन्दै भारतीय मुलका नागरिकहरु गाउँ- गाउँ गएर ठगी गर्दै हिंडेको देखिन्छ ।