शितागंगा नगरपालिका वार्ड नम्वर ८ को तिनखण्डेमा अबैध रुपमा बालुबाचोरी गर्ने रा १ त १६४२ र लु ३ त ५९३१ नम्वरका दुई ट्याक्टर । फाइल तस्बिर
अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका अन्तर्गतका कच्ची बाटोमा ट्याक्टर चलाउन प्रतिबन्ध लगाइएको छ ।
अविरल वर्षासँगै शितागंगा अन्तर्गत मोटर बाटोहरुको अवस्था नाजुक भएको भन्दै शितागंगा नगरपालिकाले एक सुचना जारी गर्दै आगामी साउन १ गते देखि भदौ मशान्तसम्मको लागि ट्याक्टर चलाउन प्रतिबन्ध लगाएको हो ।
शितागंगा नगरपालिकाले कसैले जारी सुचना विपरित ट्याक्टर चलाएको फेला परेमा १० हजार रुपैया जरिवाना सहित कारबाही गरिने बताएको छ ।
साथै कसैले ट्याक्टर चलाऊन परेमा नगरपालिकाको अग्रिम अनुमती लिन अनुरोध गरिएको छ ।